मुख्यमन्त्री कपको लागि प्रशिक्षणमा पसिना बगाउँदै प्रदेश १ का क्रिकेट खेलाडी

330

इनरुवा । कैलालीमा आयोजना हुने प्रथम मुख्यमन्त्री कपको लागि प्रदेश नम्बर १ का क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रदेश नम्बर १ क्रिकेट टोलिका व्यवस्थापक विप्लव घोषका अनुसार कैलालीमा फाल्गुन २९ गतेदेखि आयोजना हुन गइरहेको प्रथम मुख्यमन्त्री कपको २ दिने बन्द प्रशिक्षणमा सुनसरी सदरमुकाम इनरुवामा क्रिकेट खेलाडीहरु तयारीमा व्यस्त छन् ।

प्रदेश नम्बर १ का खेलाडीहरु लाई टोलिका प्रशिक्षक प्रदिप राज पाण्डेले प्रशिक्षण दिईरहेको व्यवस्थापक घोषले बताए । सुनसरी, मोरङ र झापाका युवा खेलाडीहरुको वर्चस्व रहेको टोलीको कप्तानी मोरङका पुष्प थापाले गर्दैछन् । मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि छनोट भएका खेलाडीहरुमा पुष्प थापा कप्तान, सिद्धान्त लोहानी, अंकित सुवेदी,सन्नी पुन, मिनस थापा, मुकुन्द यादव, राजन थापा, दिपेश कडेल,श्रवण यादव, कमल खत्री, अभ्यास तिम्सिना, फिर्दोस अन्सारी, सोनु मन्डल, र सरोज बस्नेत छन् ।

मुख्यमन्त्री कप खेल्न जाने १ नम्बर प्रदेशका क्रिकेट खेलाडीहरु लाई शनिबार राखेपका सदस्य तथा कराते महासंघका अध्यक्ष शम्भुप्रसाद आचार्य, इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहितकाले विदाई गर्ने कार्यक्रम रहेको व्यवस्थापक घोषले बताएका छन् ।

Purbeli TV

Source link