३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने न्यायाधीशमाथि कारबाही

262

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले न्यायपालिका शुद्धिकरण अभियान सुरु गरेका छन् ।

संसदीय सुनुवाईका क्रममा न्यायालयमा शुद्धिकरण अभियान चलाउने प्रतिबद्धता जनाएका जबराले गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाही गरेका छन् ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिने उच्च अदालत विराटनगरका पाँच न्यायाधीसलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

राणाले गठन गरेको संयन्त्रले गरेको न्यायिक निगरानीका क्रममा गडबडी पाइएपछि उनीहरुलाई सामुहिक रुपमा तानिएको बताइएको छ ।

कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरु यति ठूलो संख्यामा एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।