७ वटा टोलसुधार समितिलाई सम्मान

283

काठमाडौं
एकिकृत काँडाघारी सेवा समाजको दोस्रो साधारण सभाको अवसरमा काँडाघारी क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत ७ वटा टोलसुधार समितिलाई शनिवार सम्मान गरिएको छ । एकिकृत काँडाघारी सेवा समाज कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का १२ वटा टोल सुधार समितिको छाता संगठन हो ।

सम्मानित हुनेमा का“डाघारी सेवा समाज, आशापुरी सामुहिक सुधार समाज, हिमालयन टोल सुधार समिति, ॐ नम् शिवाय प्रगतिशिल टोल सुधार समिति, मनोहरा समाज, जागरण महिला अभियान र संगम हातेमालो समाज छन । उनीहरुलाई ३ नं प्रदेशका प्रदेशसभा सभासद मणिराम फुँयालले सम्मान गरेका हुन ।

आफ्नो टोलमा बाटो बिस्तार, खानेपानी तथा ढल निर्माण, सरसफाईमा जनचेतना, वातावरण स्वच्छताका आधारमा सम्मान गरेको एकिकृत का“डाघारी सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेलले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै सभासद मणिराम फुयाँलले सामाजिक संघ सस्था भनेको समाजलाई सामाजिक रुपमा रुपान्तरण गर्ने सस्था भएको उल्लेख गर्दै विकास निर्माणको सवालमा जनताको सोच अनुसार कार्यक्रम बनाउन आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापा, जिल्ला समन्वय समिति काठमाडौंका प्रतिनिधि तथा १२ वटै टोल सुधार समितिका अध्यक्षहरुको सहभागिता थियो ।

समाजले सदस्यहरुका लागि वनभोज कार्यक्रम पनि आयोजना गरेको थियो ।