नेपाल कुराँश संघ भक्तपुर गठन

408

भक्तपुर । नेपाल कराँश संघका केन्द्रीय अध्यक्ष दानवहादुर मोक्तानको प्रमुख आतिथ्यतामा एक भेलाको आयोजना गरी नेपाल कुराँश संघ भक्तपुर जिल्ला समिति गठन गरिएको छ ।

खेलकुद, चिकित्सा, सामाजसेवी लगायत विभिन्न क्षेत्रमा विशिष्टता रहेका व्यक्तिहरुको वृहत भेलाले चन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा सात सदस्यीय नेपाल कुराँश संघ भक्तपुर जिल्ला समिति गठन गरेको नेपाल कुराँश संघका अध्यक्ष दानवहादुर मोक्तानले बताउनु भयो ।

उहाँका अनुसार अन्य पदाधिकारीहरुमा उपाध्यक्ष दिलकृष्ण प्रजापति, सचिव हरिवहादुर श्रेष्ठ, कोषाध्यक्ष डा. विनोद श्रेष्ठ, सदस्य हरिदेव श्रेष्ठ, उमेश बस्नेत तथा सम्झना श्रेष्ठ रहेका छन् ।

यस संघको स्थापनाको उद्देश्य कुराँश खेललाई भक्तपुर जिल्लामा पनि विकास गर्नु रहेको नवगठित जिल्ला समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो ।

चाणक्य कलेजमा सम्पन्न भएको कार्यक्रममा कलेजका अध्यक्ष तथा पूर्व उपमेयर चन्द्रकृष्ण श्रेष्ठले नवगठित कुराँश संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

यसै परिप्रक्षेमा नेपालको प्रतिनिधित्व गर्दै एसियाली खेलकुद अन्तर्गत टुर्कमिनिष्टानको अस्कावादमा हुने वृहत एसियाली इन्डोर गेम्स अन्तर्गत कुराँश खेल प्रतियोगितामा भाग लिन मध्यपुर थिमि, भक्तपुरका जयन्ति श्रेष्ठ यही असोज १ गते आफ्नै खर्चमा टुर्कमिनिष्थान तर्फ जान लागेको अध्यक्ष मोक्तानले बताउनु भयो ।

लामो समयदेखि उसु खेलमा सम्लग्न हुँदै आएकी जयन्ति श्रेष्ठ विशेष छनौट प्रक्रियाबाट सो खेलमा सहभागी हुन छानिएकी जयन्ति श्रेष्ठबाट पदकको सम्भावना धेरै रहेको बताउनु हुँदै उहाँले उनले मध्यपुर थिमि, भक्तपुर जिल्ला तथा देशकै नाम उच्च राख्नेमा विश्वास व्यक्त गर्नु भयो ।

दुइवर्ष अगाडिमात्र नेपाल खेलकुद परिषदमा दर्ता भएको यो खेल जुडो खेलसङ्ग मिल्डाजुल्डो छ । उज्जवेकिस्थानबाट विकास भएको यो खेलमा भाग लिन नेपालबाट तीन जना खेलाडी सहभागी हुने बताउनु भयो । यस पटक नेपालबाट सहभागी हुने खेलाडीहरु मध्ये ८३ केजी तौल समुहमा अस्मिला छन्त्याल, ७३ केजी तौल समुहमा जयन्ति श्रेष्ठ तथा एक पुरुष खेलाडी सहभागी हुने छन् ।

ती मध्ये अस्मिला छन्त्याल विगत १ महिनादेखि नै उज्जवेकिस्थानमा तालिम लिई रहेकी छिन् भने अन्य खेलाडि र व्यवस्थापक १ जना असोज १ गते टुर्कमिनिष्थान जाने बताउनु भयो ।