Home खेलकुद किरण कुमार लिम्बुले जिते बर्ष उत्कृष्ट पुरुष पल्सर स्पोर्ट्स अवार्ड
काठमाडौं । एनएफजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत बर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण कुमार लिम्बुले जितेका छन् । किरण चार प्रतिस्पर्धीलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्ड कबार्यक्रममा किरण कुमार लिम्बले क्रिकेटका शरद भेषवाकर, ब्याडमिन्टनका रत्नजित तामाङ, एथ्लेटिक्सका सोम बहादुर कुमाल र भलिबलका मानबहादुर तामाङलाई पछि पार्दैै अवार्ड जितेका हुन् ।
किरण माल्दिभ्सको टिसी स्पोर्ट्समा आबद्ध भएका कारण अवार्ड उनकी आमाले लिएकी थिइन् । गोलकिपर किरणले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।
एएफसी सोलिडारिटी कपमा उपाधि नेपालले जित्दा किरणको मुख्य भूमिका थियो । किरणले लाओससँगको खेलमा लगातार ३ वटा पेनाल्टी रोकेका थिए । सिटी स्पोर्ट्सलाई दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । मञ्चको १४ औं संस्करणबाट खेलकुदमा योगदान पु¥याएका विभिन्न खेलाडी, प्रशिक्षक तथा खेलकर्मी सम्मानित भएका छन् ।
Related