सुडाल । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा पहिलो पटक उपत्यका ब्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता हुने भएको छ । संवाहक डटकमको आयोजनामा सुडालमा भाद्र ३१ गते उपत्यका तथा काभ्रे ब्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता हुन लागेको हो ।
सुडाल स्थित आरक्षण नेशनल एकेडेमी स्कुलको प्राङगणमा खेलाईने खेलमा तौल समूह अनुसार खेल खेलाईने कार्यक्रम संयोजक सन्जिब दुलालले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकामा खेलकुद विकास र विस्तारका लागि जिल्ला सितेरियो संघ र जिल्ला किक् बक्सिङ संघको प्राविधिक सहयोगमा आमन्त्रण उपत्यका ब्यापी काभ्रे सहित खेल आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
२० केजी देखि ६० प्लस केजी तौल समूह सम्म पुरुष तथा २० केजी तौल देखि ५५ केजी तौल सम्म महिला गरि १९ खेल तथा किक् बक्सिङमा पुरुष तर्फ ४५ ५० ५५ केजी तौल समूह र महिला तर्फ पनि ४५ ५० र ५५ केजी तौल समुहमा यस्तै काटा समूहको एक महिला एक पुरुषको इभेन्ट खेल खेलाईने प्रतियोगिता संयोजक गणेश सुकमनीले जानकारी दिनुभयो ।
प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाईने रेफ्री संंयोजक रामशरण त्वतीले जानकारी दिनुभयो । उहाँका अनुसार खेलाडीले एन के एफ , ए के एफ र डब्लू के एफको नियम अनुसार आफु तथार भएर आउन समेत आग्रह गर्नु भएको छ ।
प्रतियोगित विहान सात वजे देखि खेलाइने छ ।