सुडालमा खेलाडी सम्मानित

1538

सुडाल । संवाहक डटकमको आयोजनामा उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाललाई राष्ट्रिय रुपमा खेल क्षेत्रवाट चिनाउन योगदान पुञ्याउने तीन खेलाडीलाई सम्मान गरिएको छ ।

सुडालमा नै जन्मेर राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा खेल क्षेत्रमा योगदान पुञ्याउने खेलाडीहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको हो ।

मुवथाई अन्तराष्ट्रिय प्रशिक्षक एवं बुधकाई राष्ट्रिय उपाध्यक्ष समेत रहनु भएका उमेश कुमार खड्का , सितेरियो कराँते सेकेण्ड डान राष्ट्रिय रेफ्रि गणेश सुकमनी र आर्मी क्लव वाट राष्ट्रिय टिममा बक्सिङ खेल्दै आउनुभएका श्याम खड्कालाई संवाहक डटकमले सम्मान गरेको हो ।

खेल क्षेत्रवाट चाँगुनारायण नगरपालिका साथै सुडाललाई विश्व माझ चिनाउन योगदान दिनुहुने खेलाडीहरुलाई राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई ब्याकुल माईलाले सम्मान गर्नु भएको थियो ।