नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार बरावरीमा

783

अशेष लामिछाने ।
बागिश्वरी । आरटीआई सेन्टर नगरकोटको आयोजनामा नागथली फुटसल टुर्नामेन्टको पहिलो खेलमा वीपीएस वी र लामास्टार २ २ गालका साथ वरावरिमा टुङगिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ७ वागिश्वरीमा आयोजित नागथली फुटसल टुर्नामेन्टको पहिलो खेलमा वीपीएसर वी र लामाटार वरावरीमा रोकिएका हुन् ।

वीपीएस वीका लागि अभय लामिछाने र रोसन गिरीले गोल गरेका थिए भने , लामास्टारका लागि विवेक पुरी र प्रकास तामाङले गोल गरेका थिए ।

यस्तै असोज १ गते नै खेलिएको दोस्रो खेलमा भने ब्ल्याक स्प्यारोले रियल वागेश्वरीलाई ५ का विरुद्द २ गोलले पराजित गरेको थियो । खेलमा ब्ल्याक स्प्यारोका सुरज फुयालले २ गोल र विवेक कार्कीले ह्याट्रीक गरेका थिए ।

वागिश्वरीमा आयोजित फुटसलमा कुल १३ टिमले भाग लिएका छन् । १३ टिमलाई ४ समूहमा विभाजित गरि लिग चरणमा खेल खेलाईने छ । लिगवाट ८ टिम क्वाटरफाईनलमा प्रवेश गर्ने छन् । क्वाटरफाईनल देखि भने नक आउट खेल खेलाईने छ ।

आयोजकका अनुसार विजेता टिमले १० हजार वरावरको खसी उपहार स्वरुप पाउने छन् भने द्रोस्रो हुने टिमले ५ हजार नगद , तेस्रोले २ हजार नगद पुरस्कार पाउने छन् ।
असोज १ गते देखि सुरु भएको प्रतियोगिता १० गते समापन हुने छ ।