शुक्रवारबाट पद्म कप

414

भक्तपुर– भक्तपुर दरबार क्षेत्रस्थित श्री पद्म माविको ९४ औं तथा कलेजको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको पद्म कप शुक्रवारवाट हुने भएको छ । विद्यालयले विगतदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको पद्म कपको पाँचौं संस्करण शुक्रबारबाट हुने भएको हो ।
विद्यालयको ९४ औं तथा पद्म कलेजको ८औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल खेलको विकास गर्न तथा विद्यार्थीहरुको स्वास्थ्य तन्दुरुस्त बनाउने उद्देश्यले आयोजना गर्न लागेको जिल्लाव्यापी सो प्रतियोगितामा जिल्लाका ७ विद्यालयको सहभागिता रहेको छ ।
सहभागी विद्यालयहरुमध्ये आयोजक श्रीपद्म, अरनिको मावि, आदर्श ज्योति(एजे), स्प्रिङ्डेल, सैनिक आवासीय मावि, विद्यार्थी निकेतन मावि र ख्वप मावि रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो उद्घाटन खेलमा आयोजक विद्यालय र अरनिको माविका विद्यार्थीबीच प्रतिष्पर्धा हुने भएको विद्यालयका प्राचार्य हाडाले जानकारी दिनुभयो ।