भक्तपुर । भक्तपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रवादी खेलकुद महासंघ भक्तपुर जिल्लाका कार्य समिति गठन भएको छ । भक्तपुरमा आयोजित खेलाडीहरुको भेलाले शनिवार सुर्य लामाको अध्यक्षतामा १८ सदस्य राष्ट्रवादी खेलकुद महासंघ भक्तपुर कार्यसमिति सर्वसम्मतले गठन भएको हो ।
कार्यक्रममा राष्ट्रवादी खेलकुद महाँसंघ केन्द्रिय समितिका अध्यक्ष चन्द्र वहादुर थापाले आव पनि खेलकुदमा लाग्दा अर्को पेशा के गर्ने भन्ने विषयको अन्तको लागि महांसंघले कार्य गर्ने वताउनुभयो । उहाँका अनुसार खेलको सम्मानका लागि नै राष्ट्रवादी खेलकुद महांसंघको स्थापना भएको बताउँदै अवका दिनमा खेलाडीले रोजगारीका लागि खाडी र ठमेलका होटलमा गार्ड हुन वाध्य हुनु पर्ने अवस्थाको अन्तका लागि भएको बताउनुभयो । उहाँका अनुसार हाल खेलाडी भनेका केवल चुनावमा प्रयोग गरिने डन, मान्छे पिट्नेहरु का रुपमा परिभाषित गरि अपहेलीत हुनु पर्ने बाध्यता रहेको बताउँदै अवका दिनमा यस्तो वाध्यताको अन्तको लागि महांसंघ लागि पर्ने उहाँले वताउनुभयो ।
उहाँका अनुसार महाँसंघले प्रत्यक खेलाडीको लागि सरकार वाट उचित पारिश्रमीकका लागि लड्नु नै आफुहरुको एक मात्र लक्ष्य भएको वताउनुभयो ।
कार्यक्रमको सभापतित्व रविन्स लामाले गर्नु भएको थियो भने ,खेलकुद ईन्चार्ज ज्ञानेन्द्र अधिकारी, बेल वल संघका जिल्ला अध्यक्ष रामशरण त्वती , खेलप्रेमी बद्रि केसी संचारकर्मी हरिशुन्दर छुँका लगाएतका अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रमवाट मनोनित पदाधिकारीहरु निम्नानुसार रहनु भएको छ ।
सल्लाहकार समितिमा
रामशरण त्वाती
रविन्स लामा रहनु भएको छ ।
कार्यसमितिमा भने
अध्यक्ष सुर्य लामा
उपाध्यक्ष विजय एण्डो
सचिव पृथ्वी बासुकला
सहसचिव विरवहादुर लामा
कोषाध्यक्ष संजय लामा
सदस्यहरु ः गणेश सुकमनी
प्रकाश वहादर शाही
हिरा हमाल
सनिल ज्यापु
करुण श्रेष्ठ
पद्मा तामाङ
प्रेमा थापामगर
शान्ती तामाङ
सरिता तामाङ
आरती रानामगर
जित काजी वाइवा
विशाल सुवाल
करिणा लोप्चन रहनु भएको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष मनोनित हुनु भएका सुर्य लामाले महाँसंघ र खेलाडीका मर्म अनुसार नै आफु र आफ्नो टिमले काम गर्ने प्रतिवद्दता गर्नु भएको थियो ।