मैेत्रीपूर्ण चेस सम्पन्न

246

भक्तपुर । नेपाल चीन मैत्रीपूर्ण चेस म्याच सम्पन्न भएको छ ।

नेपाल चेस संघका उपाध्यक्ष जानेन्द्र खाईजुको आयोजनामा नेपाल चीन मैत्रीपूर्ण स्कुल चेस म्याच सम्पन्न भएको हो ।

भक्तपुरमा बिहिवार अयोजना भएको उक्त म्याचमा टीम चाइनाले बिजय हासिल गरेको छ । टौमढी स्क्वायरमा भएको पहिलो खेलमा सिचुवान टीमले ख्वप्रिंग स्कुललाई ५ – ० ले हरायो भने दोश्रो खेलमा सेलेब्रेसन को–एड जोरपाटीलाई ४–१ ले पराजित गरे ।
नेपालको तर्फबाट सेलेब्रेसनका विशाल श्रेष्ठले मात्र एक खेल जितेका थिए ।

यस प्रकारको मैत्रीपूर्ण खेलले हारजित भन्दापनि मित्रता र सांस्कृतिक भाइचारा आदानप्रदान हुने कुरा आयोजक तथा नेपाल चेस संघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले बताउनुभयो ।

नेपाल भ्रमण रहेका चीनियाँ विद्यार्थीहरुलाई नेपाल बाट चीनमा अध्ययनरत विद्यार्थीहरुको माध्यमवाट मिस्टर वाङ (चेस प्रशिक्षक) मार्फत नेपाल चीन चेस मैत्रीपुर्ण खेल आयोजना गरिदै आएकामा यस पटक भक्तपुरमा उक्त खेल भक्तपुर पोखरा र सौराहमा आयोजना गरिने छ ।

लगातार चार वर्ष देखि अयोजना गरिदै आएको उक्त खेल मार्फत नेपाली विद्यार्थी र चीनियाँ विद्यार्थी विचको मित्रता र साँस्कृतिक आदन प्रदानमा टेवा पुग्ने आयोजक खाईजु बताउनु हुन्छ ।
खेलमा प्रत्यक टिममा ५ जना खेलाडी रहेका थिए ।