गजल

405

शब्दहरुमा दिल राखी,लेख्यो कस्ले होला
मन मुटु ओझेलमा छ ,देख्यो कस्ले होला

अनगिन्ती भावहरु मन भित्रै लुकाउँदा
सपनाको संसारलाई, छेक्यो कस्ले होला

बनावटी हास्नु पर्ने,कस्तो चल्यो चलन
उच्च त्यो शिखरमा,टेक्यो कस्ले होला

दुख्दा दुख्दै नदुखे झै,गरिरहयो मानिस
जल्ने मुटु जलिरहयो,सेक्यो कस्ले होला

देखावटी दुनियाँमा,पित्तल पनि सुन झै
नंवरी सुन नचिनेर,फेक्यो कस्ले होला!!!

#सिर्जु