ह्याङ्ला आदिवासी युवा तथा खेलकुद समितिद्वारा खेलाडी सम्मानित

603

भक्तपुर । ह्याङ्ला आदिवासी युवा तथा खेलकुद समितिद्वारा भक्तपुरमा खेलाडी सम्मान गरिएको छ ।२०७४सालमा कराँते किकबक्सिङ्ग प्रतियोगिताहरुमा वर्ष भरमा गोल्ड मेडल पाउने तथा अन्तराष्ट्रिय खेलमा मेडल प्राप्त गर्ने खेलाडीहरु सम्मानित गरिएको हो । समितिले ३७ जना खेलाडी सम्मानित गरिएको हो ।

खेलाडीहरु सम्मानित गर्दै सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख अतिथि श्याम सुन्दर द्यौभडेलले भक्तपुरमा अझ बढि मेडल ल्याउन आगामि दिनमा खेलाडिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।


यस्तै कार्यक्रमका विशिष्ठ अतिथि ह्याङ्गला आदिवासी तामाङ समाजका केन्द्रिय अध्यक्ष कर्मा लोप्सान लामा , विशिष्ठ अतिथि कराँतेका बरिष्ठ मुख्य सहायक प्रशिक्षक तथा राष्ट्रिय रेफ्रि काउन्सिलका अध्यक्ष राजेन्द्र कपाली , विशिष्ठ अतिथि दिलिप केसी , अतिथिहरु बरिष्ठ कराँते प्रशिक्षक रमशरण त्वाती ,आठौं सार्फका स्वर्णपदक विजेता अञ्जु हाछेतु,आदिवासी युवा तथा खेलकुद समितिका कोषाध्यक्ष सञ्जय लामाङ, आदिवासी युवा तथा खेलकुद समितिकी उपाध्यक्ष ईन्दिरा शर्मा लगाएतका वक्ताले खेलको विकासका लागि सवै एक जुट हुने दिन आएको बताउनुभएको थियो । उहाँहरुले आगामी दिनमा भक्तपुरमा कसरी बढि भन्दा बढि खेलाडी उत्पादन गर्न सकिन्छ भनी सवै खेलप्रेमीहरु लाग्नु पर्ने बताउनुभयो । हाल नेपालले जित्न सक्ने भनेको केवल खेलबाट मात्र सम्भव भएको बताउँदै उहाँहरुले कराँते र किकबक्सिङ्ग जस्ता एकल खेललाई प्रोत्साहन दिनु पर्ने समेत बताउनुभएको थियो ।


कार्यक्रममा अन्तराष्ट्रिय खेलमा पदक विजेताहरु सुन्दर तामाङ, सुवास परियार , दिनेश लामा , खड्ग तामाङ, आयुस मोत्तान , बज्र तामाङ, मनोज तामाङ, शान्ती लामा , रोजिता रञ्जीत , करिना लामा , र्सिना हाकुदुवाल , प्रविण तामाङ, सुनु लामा , जुनु लामा , मिङ्मा मोत्तान , विजय मोत्तान लगाएतका खेलाडी हरु सम्मानित हुनु भएको थियो ।
यस्तै राष्ट्रिय खेलमा स्वर्ण पदक विजेताहरु शिरिस श्रष्ठ , डेनिस साँगाछे , स्रिया रञ्जीत , भावना राई कञ्चन राई , अन्जु भुजेल , रुक्सना दुवाल , तारादेवी तामाङ, करिस्मा श्रेष्ठ , केशर तामाङ, तेजवहादुर थापा , मदन कुमार थापा लगाएतका खेलाडी सम्मानित हुनुभएको थियो । यस्तै उत्कृष्ठ तर्फ कराँतेमा एरिस सर्मा , कर्मा श्रेष्ठ , किकबक्सिङ्गमा उत्कृष्ठ हुन सफल प्रकास कुमार विष्ठ पद्मा सम्भावी तामाङ सम्मानित हुनुभएको कार्यक्रमका सभापती सुर्य वहादुर तामाङ घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरबाट खेलेर मेडल ल्याउने खेलाडीहरुलाई सम्मानित गरिएको हो । सभापती तामाङका अनुसार खेलाडीहरुको मनोवल बढोस भनेर नै आफुहरुले खेलाडीलाई प्रत्यक बर्ष सम्मान गर्दै अएको बताउनुभयो ।
सम्मान कार्यक्रममा भक्तपुर मेन डोजोका प्रशिक्षक पृथ्वी बासुकला , प्रशिक्षकहरु विजय राम एण्डो , अनिल लामा ,उमेश श्रेष्ठ, गणेश सुकमनी , सुमि श्रेष्ठ ,प्रेम थापा लगाएतका सहभागिहरुको उपस्थिति रहेको थियो ।