जब बुटका कारण भारतले विश्वकप गुमायो

456

दोस्रो विश्वयुद्धका कारण १२ वर्षसम्म विश्वकप फुटबल आयोजना हुन सकेको थिएन। विश्वयुद्धको समाप्तिपछि शान्तिको सन्देश दिन सन् १९५० मा ब्राजिलमा आयोजना भएको चौथो विश्वकपले ठूलो महत्व बोकेको थियो।

प्रतियोगितामा आयोजक ब्राजिल, युगोस्लोभाकिया, स्विटजरल्यान्ड, मेक्सिको, स्पेन, इंग्ल्याण्ड, चिली, अमेरिका, स्विडेन, इटाली, पाराग्वे, उरुग्वे र बोलिभियाको सहभागिता रहेको थियो। यी टिमबाहेक स्कटल्याण्ड, भारत र टर्की पनि प्रतियोगिताका लागि छनोट भएका थिए। ब्रिटिस च्याम्पियनसिपमा पहिलो र दोस्रो स्थान हात पार्ने टिमहरु विश्वकपका लागि छनोट हुने घोषणा फिफाले गरिसकेको थियो । पहिलो स्थानमा अएको इङल्याण्डले प्रतियोगितामा सहभागिता जनाएपनि दोस्रो स्थानको स्कटल्याण्ड प्रतियोगितामा सहभागि भएन ।

भारत विश्वकपमा छनोट हुने पहिलो र अहिलेसम्मकै एकमात्र दक्षिण एशियाली राष्ट्र बन्यो। फिफाले मापदण्ड अनुसारको बुट लगाएर प्रतियोगितामा सहभागिता जनाउन भारतलाई भनेको थियो। तर भारतले मापदन्ड अनुसारको बुट लगाउनु सट्टा विश्वकप नै छाड्यो। टर्कीले प्रतियोगितामा सहभागिता जनाउन अस्विकार गरेका थियो।

चार समूहका शीर्ष चार टिमबीच अन्तिम चरणमा प्रस्तिस्पर्धा भएको थियो। अन्तिम चरणमा उरुग्वे, ब्राजिल, स्विडेन र स्पेन पुगेका थिए।

बोलिभियालाई ८–० गोलको फराकिलो अन्तरले हराउँदै उरुग्वेले अन्तिम चरणमा स्थान बनाउन सफल रह्यो। ब्राजिल, स्पेन र स्विडेनले अन्य समूहमा शीर्ष स्थान हात पार्दै अन्तिम चरणमा स्थान बनाएका थिए।

अन्तिम चरणको पहिलो खेलमा स्विडेनलाई ७–१ र अर्को खेलमा स्पेनलाई ६–१ ले हराउँदै ब्राजिलले उरुग्वे विरुद्धको खेलअघि ४ अंक बटुलेको थियो। उरुग्वेले स्पेनसँग बराबरी खेलेको थियो भने स्विडेनलाई ३–२ ले हराएको थियो।

युद्धमैदानमा शक्तिशालि मानिएका युरोपेली राष्ट्रहरुले फुटबल मैदानमा आफ्नो शक्तिलाई देखाउन चुकेपछि उरुग्वे र ब्राजिलमध्ये एकले विश्वकपको उपाधि जित्ने पक्का एक साताअघि नै भइसकेको थियो।

ब्राजिलले विश्वकै सबैभन्दा ठूलो रंगशाला निमार्ण गरेको थियो, फाइनल खेलका लागि । तर, यो विश्वकपमा कुनै एउटा निश्चित फाइनल खेल नै भएन। विश्वकप लिग शैलीमा खेलाइयो। अन्तिम तथा निर्णायक भिडन्त भने उरुग्वे र ब्राजिल नै भिडे। तर ब्राजिलले रंशालालाई जति भव्य बनायो , त्यति भव्य बनाउन सकेन आफ्नो निर्णायक खेललाई।

अन्तिम खेलमा उरुग्वेलाई बराबरीमा रोक मात्रै पनि ब्राजिलले उपाधि जित्ने पक्का थियो। खेलमा आल्विनो फ्रासाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएपछि उरुग्वेको उपाधि जित्ने संभावना कमजोर हुँदै गएको थियो। गर या मरको अवस्थामा पुगेपछि उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्यो। जुवान अल्वर्टो र इडवार्डो घिजियाले १–१ गोल गरेपछि उरुग्वेले दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो।

उरुग्वेसँग २–१ गोलले पराजित भएपछि ब्राजिलको विश्वकप जित्ने सपना पूरा हुन सकेन र रंशालामा उपस्थित झण्डै २ लाख समर्थकह निराश भएरै घर फर्किए।