खेलकुदको बिकासमा समाजवाद अध्ययन केन्द्रको प्रयास

773

भक्तपुर । खेलकुदको विकासमा समाजवाद अध्ययन केन्द्रको योगदान भन्दै एक कार्यक्रमका बिच फुटबल र भलिबल वितरण गरेको छ ।

समाजवाद अध्ययन केन्द्रले बिद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा एक विशेष कार्यक्रममा एन्फा उपाध्यक्ष श्री कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा २ टिम छात्रा भलिबल , २९ टिम छात्र र १ छात्रा फुटबल टिमलाई बल प्रति टिम २ थान बल वितरण गरेको हो ।


केन्द्रले भलिवल टिमलाई एक एक थान नेट समेत वितरण गरेको थियो ।
कार्यक्रमा प्रमुख अतिथी एन्फाका उपाध्यक्ष कृष्ण बहादुर थापाले ग्रासरुट फुटबलको भविश्य राम्रो रहेको बताउँदै यसका लागि समाजवाद अध्ययन केन्द्रको प्रयास प्रशंसनिय भएको बताउनुभयो ।

उहाँले खेलकुदको विकासका लागि सम्बन्धित निकायले खेल्नु पर्ने भूमिकाको कमि भएको अवस्थामा समाजवाद अध्ययनकेन्द्रको यस प्रयासले निरन्तरता पाउन सके आगामी दिनमा राष्ट्रिय खेलाडी यहि क्षेत्रबाट उत्पादन हुन् सक्ने उहाँको भनाई थियो ।

ग्रासरुट फुटबलको भबिश्य रहेको र त्यसको लागि उपाध्यक्ष उपेन्द्रमान सिं संयोजक रहेकाले आवश्यक समन्वय गर्न सुझाब दिदै उहाँले हिलोका बिचमा नै सुनगाभा फुले जस्तै यस्तै क्षेत्रबाट राम्रा खेलाडीको उत्पादन हुन् सक्ने बताउनुभयो । अर्को तर्फ एन्फाको तालिम लिन चाहानेले समाजवाद अध्ययन केन्द्र संग समन्वय गर्न र एन्फालाई चाँगुनारायण नगरभित्र रहेका ग्राउण्ड भिजिट गर्न अनुरोध गर्नु भयो ।
बितरण भएका फुटबलको सदुपयोग हुनेछ र समाजवाद अध्ययन केन्द्रले सहयोग मागेमा एन्फाले सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले दिनुभएको थियो ।


समाजवाद अध्ययन केन्द्रले आज आयोजित कार्यक्रममा निम्न टिमहरुलाई बल वितरण गरेको थियो ।
दुवाकोट राइजिङ्ग चिल्ड्रेन क्लब चाँगुनारायण २,

फ्युचर स्टार क्लब चाँगुनारायण क्लब ८,

बिन्दबासिनी बाल क्लब चाँगु ३,

प्रगती युबा क्लब चाँगु ५,

गणेश ज्योती क्लव चाँगु ८,

चाँगुनारायण मा बि स्कुल चाँगुनारायण १,

फुलब्राईट स्कुल फुटबल टिम चाँगु ३,

युनाइटेड फुटबल क्लब चाँगु ६,७,५,

रत्नागिरी युथ क्लब चाँगु ७,

lonewolf youth club चाँगु २,

बोजिनी नगरकोट चाँगु ८,

ज्योतिलिङ्गेस्वर बाल क्लब चाँगु ३,

Dreamfc football team चाँगु ३,

चागुनारायण समथली युथ क्लब चाँगु ४,

पिखेल युबा क्लब चाँगुनारायण ५,

जालपादेवी युबा क्लब चाँगु ८,

ए एन्ड बि बोइज चाँगुनारायण ८,

बाँसबारी युबा क्लब चाँगु ७,

प्रजापति ब्रदर टिम भक्तपुर नगरपालिका १०,

ईनर्जे्टिक ब्वाइज क्लब चाँगु ३,

पिखेल युबा क्लब( क)चाँगु ५ ,

दोलागिरी स्कुल फुटबल टिम चाँगु नारायण ४,

सरस्वती बाल क्लब चाँगु १, A and D boys भलिबल ,

चाँगु ८, नगरकोट युबा समाज चाँगु .६,

श्री कोटदेवी फुटबल टिम चाँगु ३,

गोल्डेन फ्युचर क्लब चाँगु ५ ,

सरस्वतीखेल युबा टिम चाँगु १ भलिबल टिम फुलब्राइट टिम एक र चाँगुनारायण स्कुल टिम एक छात्रा गरि जम्मा ३१ टिमको सहभागीता रहेको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिनुभयो ।

अध्यक्ष फुयालका अनुसार आगामी दिनमा खेलकुदको विकास एवं प्रशिक्षणका लागि आफूहरु सहयोग एवं साथ दिन हरदम पुलको भूमिका निर्वाह गर्न तयार भएको बताउनुभयो ।
चाँगुनारायण प्रदेशमा रहेका भक्तपुर नगरपालिका वडा नम्वर १० देखि चाँगुनारायण नगरपालिका १ वडा देखि ८ वडा सम्मका खेलाडी एवं टिम दर्ता गर्दै उनीहरुलाई बल वितरण गरिएको थियो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ९ को एक टिमले टिम दर्ता गरेपनि कार्यक्रममा भने बल लिन नआएको समाजवाद अध्ययन केन्द्रका सचिव रोशन तिमिल्सिनाले जानकारी दिनुभयो ।

खेलको विकास एवं नयाँ खेलाडी उत्पादन हाम्रो दाहित्व भन्ने नाराका साथ केन्द्रले पहिलो चरणमा बल वितरण गर्ने कार्यक्रम गरेको उहाँको भनाई थियो ।