मध्यपुर थिमि । भक्तपुर जिल्लाव्यापी विद्यालय स्तरीय प्रथम मेयर कप जिम्न्यास्टिक प्रतियोगितामा एसओएस हर्मन माइनर स्कूल सानोठिमी पहिलो भएको छ ।
प्रतियोगिताको दोस्रो उपाधि विनायक शिक्षा निकेतन स्कूल थिमि र तेस्रो पुरस्कार नवरत्न इंगलिस स्कूल दुईपोखरीले प्राप्त ग¥यो । प्रतियोगिताको सान्त्वना पुरस्कार सूर्यविनायक नगरपालिका ४ स्थित शंखधर मेमोरियल स्कूलले प्राप्त ग¥यो । विजयी विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवं मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगद सहित पदक, प्रमाण पत्र र पुरस्कार प्रदान गर्नुभयो ।
ओस्ला नेपाल मध्यपुर थिमिको आयोजना र मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त प्रतियोगितामा भक्तपुर जिल्लाका २० वटा विद्यालयका १ सय भन्दा बढी विद्यार्थीले भाग लिएको ओस्लाका सदस्य एवं राष्ट्रिय जिम्न्यास्टिक खेलाडी विजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
विजयी खेलाडी र विद्यालयलाई नगद सहित पदक प्रमाणपत्र एवं पुरस्कार वितरण गर्दै मध्यपुर थिमि नपाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ऐतिहासिक एवं साँस्कृतिक नगर मध्यपुर थिमि राष्ट्रिय एवं अन्र्तराष्ट्रिय खेल खेलाडीहरुको नगर भनेर चिनाउने प्रयास भइरहेको बताउनु भयो ।
नगरप्रमुख श्रेष्ठले खेलबाट शारीरिक एवं मानसिक स्फूूर्तिका साथै इज्जत नाम अनि दाम कमाउन सकिने बताउनु भयो ।
कार्यक्रममा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले ओस्लाको हालसम्मको गतिविधि सहित सामाजिक सेवाका कार्यमा ओस्ला नेपाल सदैव क्रियाशील रहेको बताउनु भयो । ओस्ला नेपालका उपाध्यक्ष सुशिल जोशी, सचिव रोशन बज्राचार्य, सदस्य दिकेश बज्राचार्य लगायतका वक्ताहरुले जिवित साँस्कृतिक धरोहर, बाद्य एवं नृत्यगुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन, जिल्ला र नगर व्यापी धिमे बाजा प्रतियोगिता लगायतका दर्जनौं सामाजिक कार्य गरिसकेको ओस्ला नेपालले भक्तपुर व्यापी विद्यालय स्तरीय पहिलो मेयर कप जिम्न्यास्टिक प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रथम हुने खेलाडीलाई नगद रु. ५ हजार, पदक एवं प्रमाणपत्र, दोस्रो हुने खेलाडीलाई नगद रु. ३ हजार, पदक एवं प्रमाणपत्र र तेस्रो हुने खेलाडीलाई नगद रु. २ हजार, पदक एवं प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं ओस्ला नेपालका पूर्व अध्यक्ष समेत रहेका नगरप्रमुख श्रेष्ठले आगामी चैत्रमा प्रथम मेयर कप कराँते प्रतियोगिता गर्ने तयारी भइरहेको भन्दै खेलकुद र खेलाडीको वृत्ति विकासमा नगरपालिकाका सचेत रहेको पनि जानकारी दिनुभयो ।
ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले स्थापनाको दुईदशकमा ओस्ला नेपालले गरेका गतिविधिको संक्षिप्त जानकारी दिदैं प्रथम मेयर कम जिम्न्यास्टिक प्रतियोगिताका लागि मथिनपाबाट ३ लाख २५ हजार र बाँकी एक लाख ओस्ला नेपालले अन्य सहकारी, संघसंस्था, खलःपुच, व्यवसायीहरुको सहयोगमा खेल आयोजना गरेको बताउनु भयो ।