सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा दुई दिने भब्य सांस्कृतिक महोत्सब हुने

377

काठमाडौ । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा दुइ दिने भब्य सांस्कृतिक महोत्सव हुने भएको छ ।
नेपाल तामाङ घेदुङको समन्वयमा बुधवार काठमाडौमा बसेको विभिन्न संघसंस्थाको सयुक्त बैठकले यहि आउँदो ख्रेला छेपागिक अर्थात माघ २२ गतेका दिन परेको सोनाम ल्होछार दुईदिन भब्य रुपमा टुँडिखेलमा कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निमार्ण, हाम्रो राजनीतिक आधार ’भन्ने नारासहित ल्होछारको कार्यक्रम तय गरिएको तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो ।
माघ २१ र २२ गते टुँडिखलमा ल्होछारको कार्यक्रम गर्न नेपाल तामाङ घेदुङको संयोजकत्वमा फाग ढ्वा ल्हो २८५५ औं सोनाम ल्होछार मुल समारोह समिती गठन भएको छ ।
तामाङ घेदुङसंगै नेपाल तामाङ राष्ट्रिय घेदुङ, तामाङ बौंद्ध महासंघ नेपाल, नेपाल तामाङ कला संस्कृति केन्द्रलगायत गरी करिब १ सय वटा तामाङ संघसंस्थाले संयुक्त रुपमा ल्होछार मनाउने तयारी भएको हो ।
उक्त कार्यक्रममा तामाङ धर्म संस्कृति परम्परा अनी लगायत विभिन्न झाँकी भेषभुषा पर्दशनी गर्दै तामाङ खाना कला प्रर्दशनी समेत गरिने आयोजकले जनाएको छ ।