मैत्रिपूर्ण खेलमा युवा घेदुङ विजयी

335

काठमाण्डौं । २८५५ औं फाग ल्होछारका अवसरमा तामाङ चलचित्र संघ र नेपाल तामाङ युवा घेदुङ्द्वारा आयोजित मैत्रीपुर्ण फुटबलमा युवा घेदुङ विजयी भएको छ ।
टुडिखेलमा आयोजित खेलमा युवा घेदुङले चलचित्र संघलाई तीन शुन्यको फराकिलो अन्तरले विजय हाँसिल गरेको हो ।
एक आपसमा सहिस्णुता अनी भाईचाराका साथ फग ल्होछार मनाउन जम्मा भएका सम्पूर्ण खेल प्रमीहरुलाई उक्त खेलले तानेको थियो ।
जहिले पनि स्टेजमा देखिने कलाकार अनी कार्यक्रमको ब्यवस्थापनमा जुट्ने युवा टोली विचको खेल निकै नै रोमाञ्चक भएको थियो ।
मंगलवार नयाँ बर्ष अर्थात फाग ल्होछार २८५५ भब्य रुपमा मनाउन टुडिखेलमा सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।