तेमालमा कराते किक बक्सिङ प्रतियोगिता सम्पन्न

481

भक्तपुर । तेमाल गाउँपालिकाको आयोजनामा भएको कराँते प्रतियोगिताको उपाधी पानैती जोडोले उचालेको छ । ८ स्वर्ण ९ रजत र ७ कास्यका साथ पनौती डोजो पहिलो हुन् सफल भएको थियो भने ।
८ नै स्वण ७ रजत र ५ कास्यका साथ आयोजक तेमाल गाउँपालिका दोस्रो भएको थियो ।
यस्तै प्रतियोगिताको तेस्रो स्थान भने २ स्वर्ण १ रजत र २ कास्यका साथ पाँचखाल डोजोले उचालेको थियो ।
तेमाल खेलकुद विकास समितिको आयोजनमा भएको उक्त प्रतियोगितामा काभ्रेका विभिन्न ७ स्थानीय निकायका डोजोको सहभागिता रहको थियो । प्रतियोगितामा उत्कृष्ट महिला ४५ केजीमा मिना ब्लोन (पनौति डोजो) र उत्कृष्ट पुरुष ३५ केजीमा अभिषेक तामाङ (आयोजक टीमबाट) भएका थिए ।
कार्यक्रममा तेमाल गाउँपालिका प्रमुख सलाम सिं तामाङले काभ्रेमा खेलकुद विकासको लागि गाउँपालिकाले कराँते प्रतियोगिता गरेको बताउनुभयो । ल्होछारको अवसरमा मनोरञ्जनका साथ स्वास्थ्यका लागि खेलकुद युवाका लागि खेलकुद भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको थियो ।
यस्तै सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङ्गले गाउँपालिकाले समेत खेलकुदको विकासको लागि गरेको योगदानको कदर गर्दै आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहनु भएका तामाङ चलचित्र संघका अध्यक्ष एवं कलाकार विकु थोकर वडा अध्यक्षहरु मानबहादुर श्रेष्ठ, तिमाल सिं तामाङ, विष्णु वहादुर तामाङ, आशापुर लामा, प्रविन लामा, विकुलाल तामाङ, ज्ञानवहादुर लामा, लक्ष्मी वहादुर घिसिङ र चन्द्र वहादुर लामा लगायतका वक्ताले खेलकुदको विकासमा हरेक स्थानीय तह लाग्नु पर्ने बताउनुभएको थियो ।
खेलकुदको संयोजन एवं व्यवस्थापन खेलकुद विकास समितिका उपाध्यक्ष सूर्य लामाले गर्नुभएको थियो भने कार्यक्रमको सभापति तेमाल खेलकुद विकास समितिका अध्यक्ष एवं गाउँपालिकाकी उपाध्यक्ष दुर्गा माया तामाङले गर्नुभएको थियो । कार्यक्रम संचालन भने पत्रकार सुदिन दोङले गर्नुभएको थियो ।
खेलमा रेफ्री संयोजक भने नेपाल कराँते महासंघ राष्ट्रिय रेफ्री काउन्सीलका अध्यक्ष राजेन्द्र कपाल रहेका थिए ।खेलमा पुरुष २० केजी देखि ६० केजी खुल्ला सम्म तथा महिला २० केजी देखि ५५ केजी खुल्ला साथै किक बक्सिङमा भने पुरुष ४५ ५० ५५ खुल्ला खेल खेलाईएको थियो भने महिला तर्फ ४५ ५० खुला खेलाईएको थियो । साथै इन्डिभिज्वल काता पुरुष र महिला दुवै खेलाईएको थियो ।