हामी जिवनमा कसरी खुशी र सुखी रहने

311

संसारमा आफू खुसी र सुखी हुने  मन कसलाई पो नहोला र ? तर, जानी–नजानी हामीले यस्ता काम गरिरहेका हुन्छौ, जसले हामीलाई चिन्तित बनाउँछन्, सुखी रहन दिंदैनन् । सधैं सुखी हुन चाहनेले यी टिप्स पालना गर्दा धेरै सहज हुन सक्छ ।

अरू जस्ताे अवस्नथामा छन परिवर्तन  गर्न नखाेज्नुहाेस

यो आवश्यक छैन कि सबै मानिस तपाईंजस्तै हुन् । जीवनमा विभिन्न यस्ता मानिससँग भेट हुन सक्छ, जसको व्यवहार तपाईंसँग मिल्दैन वा उनीहरूले तपाईंलाई मन नपर्ने व्यवहार गर्छन् । उनीहरूलाई त्यस्तै रहन दिनुहोस्, बदल्छु भन्ने संकल्प लिएर अगाडि नबढ्नुहोस् ।

सबै कुरा एकसे एक हुने धारणा नबनाउहोस्

कहिलेकाहीँ हामीलाई लाग्छ, यो यस्तो भइदिएको भए, यो त्यस्तो भइदिएको भए झन् राम्रो हुने थियो । हामी सबै कुराको ‘पर्फेक्टनेस’ खोज्छौँ । यस्तो सोच हटाउन जरुरी छ । सबै कुरा सधैँ पर्फेक्ट नहुन सक्छन्, त्यसलाई पर्फेक्ट बनाउँछु भनेर दिमाग लगाउनुको कुनै अर्थ नहुन सक्छ ।

आफ्नो आवश्यकता र कर्तब्य पुरा गर्नुहाेस्

कहिलेकाहीँ साथीभाइ, परिवार तथा आफन्तको आवश्यकता पूरा गर्ने चक्करमा हामी आफ्नै आवश्यकता भने बिर्सन सक्छौँ । आफ्नो आवश्यकता र चाहना बिर्सनु आफूलाई दुस्खी बनाउनु हो । सुखी रहन आजैबाट आफ्ना चाहनालाई प्राथमिकता दिन थाल्नुहोस् ।

आफैँसँग झुट बोल्न छाड्नुहोस्

यो बारम्बार भनिने विषय हो । तर, हामी यसमा सफल अत्यन्त कम हुन्छौँ । तर, सुखी र खुसी हुन चाहने हो भने आफैँसँग झुट बोल्न छाड्नुपर्छ । झन्, सधैँका लागि झुट बोल्न छाड्ने हो भने हाम्रो जीवन अत्यन्त खुसी हुन्छ । अरूजस्तो बन्ने प्रयास नगर्नुहोस्तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै ठीक हुनुहुन्छ । तपाईंले सोचेर आफ्ना काम गर्नुहोस् । अरूको नक्कल गर्ने बानीले तपाईंलाई दुस्खी बनाउन सक्छ । आफू जस्तो हुनुहुन्छ, त्यसमा नै खुसी रहेर अगाडि बढ्नुहोस् ।

Source link