जनप्रतिनिधि तथा कर्मचारीसहित १० जना निलम्बनमा

258

भोजपुरः भोजपुरको षडानन्द नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित १० जना निलम्बनमा परेको समाचार आजको कारोबारले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, षडानन्द नगरपालिका वडा नं. ८ मा विद्युत् विस्तारको क्रममा ३ करोड रुपैयाँ अनियमितता गर्ने १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरी निलम्बन गरिएको हो ।

परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग आुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध २ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको विगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरी निलम्बन गरेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।