राई बनाइयो
काठमाडौं : मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको खुलेको हो। मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि अख्तियारले मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँचविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्युपछि किर्ते गरी नामसारी गरिएको हो। उनको मृत्युपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ।
हामी हकदारका नाममा नामसारी गर्न बाँकी रहेको भन्दै कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा मालपोत कार्यालय, धरानका अधिकृत भट्टराईको संलग्नता रहेको अख्तियारको आरोप छ।
किर्ते नामसारीमा मालपोत कार्यालयका तत्कालीन सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालय धरानका तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लोहार र किर्ते गर्ने कर्णबहादुर राई संलग्न भएको पाइएको छ।
सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अन्नपुर्ण







































