जुरिच, – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ ।
विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उनीमाथि चारवटा अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाद्वारा नै प्रतिबन्ध लगाएको थियो ।
फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्रशस्त आधार नभेटिएको भन्दै यसअघि फिफाद्वारा नै लगाएको प्रतिबन्धलाई फुकुवा गरिदिएको हो ।
फिफाद्वारा लिएको पछिल्लो निर्णयले अर्जेन्टिनाको आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा खेल्न जान पाउने आशालाई बल पु¥याएको छ ।
प्रतिबन्ध फकुवापछि अर्जेन्टिनी फुटबल प्रमुख अरमान्डो परेजले मेसीले चिलीसँगको खेलका क्रममा केही गल्ती गरेको भए पनि फिफाद्वारा लगाइएको प्रतिबन्ध असङ्गतपूर्ण थियो ।