नेपाल एपीएफ स्कूल कीर्तिपुर विजयी

183

काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर विजयी भएको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कूल कीर्तिपुरले ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गरी जित हात पार्न सफल भएको हो । कार्यक्रममा कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले खेलले व्यक्तिलाई स्फूर्ति प्रदान गर्ने भन्दै नगरपालिकाले खेललाई प्रोत्सान गर्दै आएको बताउनुभयो ।
नगरपालिकाले पनि खेल जगतलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नगरपालिकाले नीतिगत रुपमा निर्णय गरि कार्यान्वयन गर्दै आएको छ ।