दोस्रो बागमती प्रदेश खेलकुद, जुडोमा भक्तपुरलाई आठ पदक

32

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरले जुडो खेल तर्फ आठ पदक हाँसिल गरेको छ ।
बागमती प्रदेश राजधानी हेटौंडामा जारी खेलकुदमा भक्तपुरका खेलाडीले आठ पदक सहित जुडोमा टिम तेस्रो हुन सफल भएको हो ।

खेलमा दुर्गा पुरि ७० के.जि मा दोस्रो, सगुन सुनुवार तृतीय, हिमाल राई, निसान राई, बद्रीनारायण श्रेष्ठ ,सुजन खड्का ,सगुन सुनुवार र बिनिता नेपालीले पदक हाँसिल गरेका भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।