सितोरियो कराते सङ्घ मध्यपुर थिमी गठन,  अध्यक्षमा उमेश बोडे श्रेष्ठ 

174

भक्तपुर । मध्यपुरमा सितेरियो करातेको व्यवीस्थत तरीकारले विकास तथा विस्तारका लागि मध्यपुर सितेरियो कराते सङ्घको गठन गरिएको छ ।

मध्यपुर थिमीमा भएको भेलाले उमेश बोडे श्रेष्ठको अध्यक्षतामा मध्यपुर थिमी सितेरियो सङ्घ गठन भएको हो ।

नवगठित सङ्घमा उपाध्यक्ष कालुराम धेके, उपाध्यक्षमा नै चन्द्र कृष्ण प्रजापति, सचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दिने राववहाक, सदस्यहरूमा रिशव राजवाहक, सुनिल नकर्मी, साजन श्रेष्ठ, प्रेम लाल भासिमा, श्रेया रञ्जीतकार र प्रमथ श्रेष्ठ रहनुभएको छ ।

मध्यपुरमा करातेको विकास र विस्तारका लागि सितोरियो कराते सङ्घको गठन गरिएको भक्तपुर जिल्ला कराते महासङ्घका कोषाध्यक्ष रामशरण त्वातीले बताउनुभयो । उहाँका अनुसार खेलको विकास गर्न सके मात्र स्वास्थ्य युवा उत्पादन हुने भएकाले खेलको विकास एवं विस्तारमा सबै एक जुट भएर लाग्नु पर्ने उहाँले बताउनुभयो ।

कोषाध्यक्ष त्वाती तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य दीपेन्द्र व्यान्जुको उपस्थितिमा मध्यपुर थिमी नगर व्यापी मध्यपुर थिमी नगर सितोरियो कराते सङ्घको गठन भएको थियो ।