गोकर्णेश्वर स्पोर्ट सीटी बन्दै

33

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरपालिकालाई स्पोर्ट सीटीको रुपमा चिनाउने गरी काम भइरहेको बताउनुभएको छ । खेलकुदका हरेक समस्यामा आफू राम्रोसँग परिचित भएको भन्दै उहाँले आफू सानै उमेरदेखि भलिबल लगायतका खेलकुदको प्रेमी भएको उहाँले स्पष्ट पार्नुभयो ।

शुक्रबार नगरपालिकाले निर्माणाधिन खेलकुद भवनको अनुगमन गर्दै उहाँले करिब ३० रोपनी क्षेत्रमा करिब १२ करोड रुपियाँको लागतमा बहुउद्देश्य खेलकुदको योजना निर्माण कार्य शुरु भएको बताउनुभयो । वडा नं. १ देखि ४ सम्मका वडामा खेलकुदको संचना निर्माण गरिने नगर प्रमुख रिसालले स्पष्ट पार्नुभयो । करिब फागुन महिनामा यस क्षेत्रमा राष्ट्रपती कप खेल हुँदैछ त्यसको तयारीको साथ नगपालिकाले अगाडि बढेको रिसालले बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले नगरपालिकाले अहिले ठूला आयोजना कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभएको छ । उहाँले यस्तो बताउनु भएको हो । नगरपालिकाले खेलकुदको पूर्वाधार निर्माण गर्न लागिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “नगरपालिकामा मेरो कार्यकाल पूरा भइसकेपछि पनि गोकर्णेश्वर नगरपालिकाले मेरो भूमिकालाई सम्झिनै रहने छ भन्ने मैले विश्वास गरेको छु ।”

नगरपालिका अनुसार खेलकुदको पूर्वाधार निर्माण गर्नका लागि जग्गा उपलब्ध भएको छ की छैन भनेर हेरेर प्रदेश सभाका सांसदसँग जनप्रतिधिमार्फत भन्न लगाएर जग्गा उपलब्ध गराएको हो ।
विभिन्न समस्याका बाजबुद पनि हामीले यो योजनालाई यहाँसम्म ल्याएका छौं । अब त्यो समस्या सबै हटेर गएको छ ।

यहाँ ३० रोपनी जग्गामा बास्केट बल, भलिबल, फुटबल लगायतका खेल संरचना निर्माण हुँदैछन् । यस क्षेत्रमा सहरी सौदर्यता कायम गर्न साँझा बिहान सहजै घुम्न सकिने गरी पार्कको निर्माण गरिने सापकोटाले जानकारी दिनुभयो । यो संरचना करिब २० करोड रुपियाँ लागतमा निर्माण हुने गरी गूरु योजना निर्माण भएको छ । सबै संरचना बन्ने चारदेखि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।