नेपाल हाप्किडो संघको दोश्रो महाधिवेशन भक्तपुरमा सम्पन्न

109

भक्तपुर । नेपाल हाप्किडो संघको दोश्रो महाधिवेशन विहिवार राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माको प्रमुख आतिथ्यमा भक्तपुरको लिवाली स्थित ओल्ड दरवारमा सम्पन्न भएको छ ।

दोश्रो महाधिवेशनमा संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र राई प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेको उपस्थितिमा पुनः कालिबहादुर घर्तिमगरको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारीहरुको निर्विरोध चयन भएको छ । बालन कुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिव्यराज गुरुङ, तारामाया थापा उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

महासचिव इन्द्र बहादुर महरा उपमहासचिव भुवन बुढा मगर, सचिव टिकाराम घर्ताीमगर तथा उपसचिवमा पद्मा खयरगोली र कोषाध्यक्षमा विजया कुमारी वाइवा पनि निर्विरोध निर्वाचित भएको छ । त्यस्तै सदस्यहरुमा मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनुवार खेम पुन र प्रेमकुमार लामा रहेका छन् ।

दुई दिनसम्म संचालन भएको नेपाल हाप्किडो संघको महाधिवेशनको पहिलो दिन बुधबार आठौ नेतृत्व र हाप्किडो प्रशिक्षण कलाको प्रशिक्षण प्रमुख प्रशिक्षक प्रविण गुरुङले दिनुभएको थियो । सो प्रशिक्षणमा देशभरिका १५० हाप्किडो प्रशिक्षकहरु उपस्थिती थियो ।


निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राखेपका खेलकुद विकास विभाग प्रमुख मीन कुमार शर्माले सपथ ग्रहण गराउनुको साथै तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।