विद्या आर्जन डोजोले चौथौँ उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै 

80

भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा चौथौँ उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ ।

विगत तीन वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले आगामी २८ गते आदर्श स्थित विद्या आर्जन स्कुलमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगितामा उपत्यकाका विभिन्न डोजो लगायत काभ्रेका डोजोहरुको पनि सहभागिता रहने विद्या आर्जन डोजोका प्रशिक्षक सूर्य लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा ५सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।

तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल तथा जुनियर तर्फ १२ खेल समावेश हुने लामाले जानकारी दिनुभयो । यस्तै महिला तथा पुरुष काता समेत खेलमा समावेश हुने उहाँले जानकारी दिनुभयो ।

खेल डब्लु केएफको मान्यता अनुसार खेलाइने उहाँले जानकारी दिनुभयो ।