नेपालमा पहिलो पटक रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता भक्तपुरमा हुने

88
भक्तपुर । नेपालमा पहिलो पटक रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता भक्तपुरमा हुने भएको छ । भक्तपुर बचत तथा
 भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा कार्तिक १७ र १८ गते राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० भक्तपुरमा आयोजना गर्ने भएको हो । नेपाल बुद्धिचाल महासङ्घको आधिकारिक प्रतियोगिताका रूपमा सहकारीको सहयोगमा उक्त प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियन लगायत पूर्व नेपाल च्याम्पियनहरू लगायत देशभरबाट १२० खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार दोस्रो हुनेले १५ हजार तेस्रो हुनेले १० हजार र चौथो हुने खेलाडीले ७ हजार नगद पुरस्कारको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगितामा २६ जना नगद पुरस्कारबाट पुरस्कृत समेत हुने छन् ।
१५  मिनेट १० सेकेन्ड समय अवधिमा खेलाइने रापिड रेटिङ बुद्धिचाल विश्वमा नै ख्यातिप्राप्त हुँदै आएको आर्विटर नीराजन प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार
क्लासिकल पद्धतिमा खेलाइँदै आएको प्रतियोगिता हाल केही परिवर्तन भई  रापिड रेटिङ मा खेलाइन थालेको उहाँले जानकारी दिनुभएको थियो ।
प्रतियोगितालाई राष्ट्रिय मान्यता दिएका कारण यसमा विजयी खेलाडीले एसियन च्याम्पियनसिप अथवा वल्ड च्याम्पियनसिपमा समेत भाग लिने मौका मिल्ने प्रजापतिले जानकारी दिनुभयो ।
स्विस लिग प्रणाली अनुसार हुने प्रतियोगिता ९ चरणमा खेलाइने छ  ।