नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमामा मलेसियालाई बराबरीमा रोक्यो

422

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियालाई बराबरीमा रोकेको छ । सोमबार साझा भएको पहिलो खेलमा नेपालले घरेलु टोलिलाई उसैको मैदानमा १ – १ गोलको बराबरीमा रोकेको हो ।
मलेसियास्थित कोटा किनाब्लुस्थित लिकस रंगशालामा भएको पहिलो खेलमा नेपालले एक गोललेपछि  परेको स्थिति उल्टाउँदै बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै मलेसियाले अग्रता बनाएको थियो । दोस्रो हाफको ६४ औं मिनेटमा दाद्री रफिनसको गोलबाट मलेसियाले सुरुवाती अग्रता बनायो । तर, त्यसको तीन मिनेट नबित्दै सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल फर्काएकी थिइन् ।
योसँगै सावित्रीले मलेसियाविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भईन । नेपालले  गत वर्षको पुसमा घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १–० ले पराजित गरेको थियो । उक्त मैत्रीपूर्णमा साबित्री भण्डारीले निर्णायक गोल गरेकी थिइन् ।
दुई मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलिसँगको दोस्रो खेल बिहिबार खेल्दै छ । साउथ इस्ट एसियन कपको तयारी गर्न मलेसियाले नेपालसँग मैत्रीपूर्ण खेल खेलेको हो । साउथ इस्ट एसियन च्याम्पियनसिप मलेसियामै आगामी अगस्ट १५ देखि ३० सम्म आयोजना हुँदैछ ।