प्रथम अन्र्तराष्ट्रिय वादोमा नेपाल च्याम्पियन

398

काठमाडौं । प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा नेपाल पहिलो हुन सफल भएको हो ।
प्रतियोगितामा भारत दोस्रो र पाकिस्तानले तेस्रो स्थान हासिल गर्न सपल भएको छ । प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, श्रीलंका र भुटानलगायतका देश सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल ३ सय भन्दा बढी र अन्य देशबाट २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा स्वर्ण पदक २५, रजत २५, कास्य ५० पदकका लागि खेलाडीको बीचमा भिडन्त भएको थियो । यो प्रतियोगितामा भण्डै २२ लाखको लागत खर्च भएको फेडरेशनका अध्यक्ष संजय लामाले जानकारी दिनुभयो । उहाले यस्ता प्रतियोगिताले अन्र्तराष्ट्रिय भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै खेलाडीको क्षमतामा पनि बृद्धि हुने बताउनुभयो । कार्र्यक्रमा पुरस्कार वितरण गर्दै गोकर्णश्वर नगरपालिकाका निर्वाचित मेयर सन्तोष चालीसेले नगरपालिकाले खेलकुद सम्बन्धी सम्पूर्ण कार्यहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले खेलले मानिसको स्वास्थ्यमात्रै राम्रो बनाउदैन खेलले मानिसलाई आत्मसम्मान दिने बताउनुभयो । कार्यक्रममा गोकर्णश्वर नगरपालिकाका विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।