लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल

101

भक्तपुर । लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल भएको छ ।

सन् २०२३ को डिसेम्बर १ र २ गते बुढानिलकण्ठ स्कुलमा सम्पन्न एनबिएसए लालीगुराँस कपको दोस्रो संस्करणमा पनि चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रो स्थान हात पार्न सफल भएको हो । यसअघिको पहिलो संस्करणमा पनि दोस्रो स्थान हाल पारेको क्लवले शनिवार बुढानिलकण्ठ स्कुलमा भएको फाइनल खेलमा साँगाको नेपाल प्रहरी स्कुलसँग ९–३ रनले पराजित हुदै दोस्रो भएको छ ।

नेपाल बेलबल तथा सफ्टबल संघले लालिगुरान्स क्लब जापानको मुख्य प्रायोजनमा आयोजना गरेको प्रतियोगीतामा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लवसहित नेपाल प्रहरी स्कुल, बुढानिलकण्ठ निलो र हरियो तथा गोर्खा क्रु क्लब ए र बि गरि जम्मा ६ टिमको सहभागिता रहेको थियो ।

फाइनलमा पुग्न क्लवले बुढानिलकण्ठ निलो र हरियो र गोर्खा क्रु क्लब ए लाई सहजै जित हार पार्न सफल भएको थियो ।

प्रतियोगितामा बेस्ट पिचर पुलिसका अर्पण राइ, बेष्ट क्याचर पुलिसकै सबिन थापाले प्राप्त गर्न सफल भएका थिए । प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ९राखेप० का सदस्य सचीव टंकलाल घिसिङ, संघका अध्यक्ष दिपक न्यौपाने, वरिष्ठ उपाध्यक्ष प्रदिप खत्री लगायतका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

भक्तपुरमा २ सय जना भन्दा बढी बेसबल खेलसँग सम्बन्धीत खेलाडिहरु छन् भने सन् २०२३ मा पाकिस्तानको इस्लामाबादमा आयोजना भएको १५औँ बीएफए वेस्ट एसिया बेसबल कपमा भक्तपुरका ७ जना खेलाडी छनोट भई सहभागी भएका थिए ।

बेसबल खेलको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पनि चाँगुनारायण नगरपालिका कै रोशन थापा छन् । पत्रकार समेत रहेका थापा संघका केन्द्रिय सदस्य हुन भने क्लवका अध्यक्ष पनि हुन् । उनैको नेतृत्वमा भक्तपुरमा विगत एक दशक भन्दा धेरै समयदेखि निःशुल्क रुपमा बेसबल खेलको विकास र विस्तारको काम हुदै आएको छ ।