भक्तपुर जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा पुन खर्बुजा निर्वाचित

42

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको साधारण सभा तथा निर्वाचन २०८० जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाज्यूको प्रमखु आतिथ्थतामा सम्पन भएको छ । सो अवसरमा प्रमुख अतिथि थापाले जुनसुकै संघमा पनि सो खेल सँग सम्बन्धित व्यक्तिहरु रहेमात्र खेलाडी र खेलको मर्म बुझ्ने भएकोले हाम्रो नभइ राम्रो र सहि व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने धारणा व्यक्त गर्दै विगतमा भक्तपुर नगरपालिका बाहेक अन्य पालिकाले राष्ट्रपति रनिङ्क शील्ड प्रतियोगिता नगरेको अवस्थामा जिल्ला खेलकुद विकास समितिको पहलमा यो बर्ष भक्तपुर जिल्लाका चारै पालिकाले सो प्रतियोगिताको आयोजना गरेको जानकारी गराउनु भयो । साथै उहाँले भक्तपुरको खेलकूद विकासको लागि जिल्ला खेलकूद विकास समितिले कार्य गरी रहेको र चाँगुनारायण नगरपालिकाको सहकार्यमा चाँगुनारायण नगरपालिकामा जिल्ला खेलकूद विकास समितिको नाममा करिव ४ रोपनी जग्गा प्राप्त गरिसकेको हुन्दा सो जग्गालाई के कसरी उपयोग गरी भक्तपुरको खेलकुद विकासमा टेवा पुर्याउन सकिन्छ भनी विज्ञहरुसँग छलफल गरिरेहेको बताउनु भयो ।
त्यसैगरी संस्थापक अध्यक्ष एव राष्ट्रिय खेलकुद परिषदका बरिष्ट प्रशिक्षक मोहनदास बासुकलाज्यूले विगतमा आफुले खेल खेल्दाको अनुभव सुनाउनु हुन्दै राम्रा खेलाडी हुन कडा मेहेनत गर्नुपर्ने,निरन्तर लाग्नु पर्नेका साथै अनुशासन हुनुपनि र तालिका बनाएर खेल्नु पर्ने बताउनु भयो ।
त्यसैगरी नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका महासचिव एव अखिल नेपाल टेबुल टनिस संघका बिधान निर्माण समिति २०८० का सदस्य श्री शिवसुन्दर गोथेज्यूले आजको साधारण सभा तथा निर्वाचन नयाँ विधान अनुसार भक्तपुर र सुर्यविनायक टेबुल टेनिस समिति तथा भक्तपुर टेबुल टेनिस क्लव,न्यातापोल टेबुल टेनिस क्लव तथा द सेन्टर टिम अन्तर्गतको द ड्राईगनस् टेबुल टेनिस क्लव सहित विभिन्न खेलका प्रतिनिधिहरु,खेलकुद समितिका प्रतिनिधिहरु,पुर्व खलाडीहरु,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको ,खेलप्रमी शुभचिन्तकहरुको उपश्थितिमा भक्तपुर जिल्ला टेबुल टेनिस संघ गठन भएको जानकरी गराउनु भयो ।
संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले विगतमा १० पटक सम्म जिल्ला स्तरीय एव उपत्यका स्तरीय प्रतियोगिता संचालन गरिसकेको जानकारी गराउँदै २०७६ सालदेखि विश्वव्यापी फैलिएको कोरोना भाईरसको कहर ,देशव्यापी आएको आर्थिक मन्दी तथा भक्तपुर नगरपालिकाले तालिम संचालन गरिरहेको कबर्ड हल पुन निर्माणको कार्यले गर्दा प्रतियोगिताहरु संचालन गर्न नसके पनि विभिन्न संघ सस्थाहरुले संचालन गर्ने प्रतियोगितामा प्राविधिक सहयोग गर्दै आईरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला टेबुल टेनिस संघका सचिव ईन्द्र भक्त पंच तथा उपाध्यक्ष मुना बासुकलाले भक्तपुरमा टेबुल टेनिस खेल विकासबारे चर्चा गर्नु भएको थियो ।
उक्त साधारण सभा तथा निर्वाचनमा संस्थापक अध्यक्ष मोहनदास बासुकलाले अखिले नेपाल टेबुल टेनिस संघको विधान २०८० बमोजिम प्रस्ताव गर्नु भएको ७ जना नयाँ कार्य समितिमा प्रेमकृष्ण खर्बुजा अध्यक्ष ,मुना बासुकला उपाध्यक्ष, ईन्द्रभक्त पंच सचिव ,जिवन गोसाई कोषाध्यक्ष ,राजिव चिकंबन्जार सदस्य, किरण गाईजु सदस्य, रुकेश सुजखु सदस्यलाई भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाज्यु लगायत उपश्थित सम्पुर्ण महानुभावहरुले सर्वसम्मत पारित गरियो । साथै सोही साधारण सभा तथा निर्वाचनबाट प्रदेश प्रतिनिधको लागि प्रेमकृष्ण खर्बुजा, ईन्द्रभक्त पंच तथा जिवन गोसाई एव केन्द्रिय प्रतिनिधिको लागि प्रेमकृष्ण खर्बुजा र ईन्द्रभक्त पंचलाई छनौट गरियो ।