भक्तुरमा ईप्सन कप सम्पन्न !

23

भक्तपुर फागुन ।  एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ ! यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ !
आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको छ ! माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन स्कुल भएको थियो ! यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भएका थिए !
प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्कोको सभापतित्व र प्रमुख अतिथि नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थितिमा शिल्ड र मेडल वितरण गरिएको थियो ! प्रमुख अतिथि पूर्व कप्तान सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको लागि अवसर दिएकोमा धन्यवाद दिनु भएको थियो !
साथै आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामागं उत्कृष्ट खेलाडि, मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए भने उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भएका थिए ! यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ भएको जानकारी ईप्सन सचिव विजय कर्माचार्यले दिनु भएको थियो !