आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण

29

भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे ।
थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू गरेकाे जनाएको छ । विद्यालयकाे व्यवस्थापन समिति अध्यक्ष सन्जिब पुरीले विद्यार्थीमा आत्मविश्वास बढाउन र आपतकाे समयमा आफ्नो शरिरकाे सुरक्षाका लागि प्रशिक्षण थालिएको बताए । उनले भने, शिक्षाभित्र धेरै विधा हुन्छन् । खेल पनि एक हाे । खेलले आफूलाई स्वस्थ राख्नमात्र नभई आत्मरक्षा गर्न पनि सिकाउँछ ।´
उनले हालै भारतमा एक महिला डाक्टरकाे विभत्स हत्या, अमेरिकामा नर्सकाे हत्याकाे प्रसङ्ग जाेड्दै सन्तानलाई आत्मरक्षाकाे सीप सिकाउन आवश्यक भएकाे बताए । उनले भने, ` यदि भारतमा हत्या गरिएकी महिला डाक्टर रलअमेरिकामा हत्या गरिएककी नर्ससँग आत्मरक्षाकाे सीप भएकाे भए सायद त्यस किसिमकाे घटना हुँदैन थियाे हाेला । यसैले हामीले सन्तानलाई शिक्षासँगै आफू सुरक्षित हुने सीप सिकाउनु पर्छ । सानैदेखि आफ्नो छोराछोरीलाई आत्मरक्षाका विद्या सिकाउनु पर्छ ।´उनले आत्मरक्षाकाे सीप सिकाउने खेल प्रशिक्षणले सन्तानमा आत्मविश्वास समेत बढ्ने भएकाले विद्यालयले करातेँ प्रशिक्षण सुरू गरेकाे बताए ।
हाल चाँगुनारायण नगरपालिकाकाे वडा नं १ देखि ९ सम्म विभिन्न खेलकाे प्रशिक्षण जारी रहेकाे नगर खेलकुद समिति संयाेजक एवम् खेलाडी रघु केसीले बताए । उनले वडागत रूपमा खेल भइरहेको समेत जानकारी दिँदै विद्यार्थी तथा बालबालिकाकाे उल्लेख्य सहभागिता रहेकाे जनाए ।