Home खेलकुद एक लाख पुरस्कार राशिका साथमा चाँगुनारायणमा फुटसल प्रतियोगिता हुँदै
चाँगुनारायण । एक लाख पुरस्कार सहित चाँगुनारायण नगरपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारका दिन चाँगुनारायण स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो ।
एक लाख पुरस्कार राशिका साथ हुने उक्त प्रतियोगितामा दोस्रो पुरस्कार भने पचास हजार रुपैंया रहने छ ।
चाँगुनारायण नगरपालिका स्तरीय उक्त प्रतियोगिता फैढोका फुटसलमा आयोजना हुने छ ।
मङ्सिर २७ गते सम्म सहभागीले आफ्नो टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा टिम दर्ता शुल्क ६००० रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा २० भन्दा बढी टिमले भाग लिने अपेक्षा राखेको समेत आयोजकले जानकारी दिएका छन् ।
Related