भक्तपुर । भक्तपुर जिल्ला शुटिङ्ग सङ्घको अध्यक्षमा राजु सिं बजिको चयन हुनुभएको छ । भक्तपुरमा भएको साधारण सभाबाट बजिकोको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी गठन भएको हो ।
अध्यक्षमा बजिको चयन हुनुभएको छ भने उपाध्यक्षमा रामशरण बैजु, सचिवमा रोहित मानन्धर सहसचिवमा रचना लाखेमरु कोषाध्यक्षमा चन्द्र प्रसाद सुवाल, सदस्यहरूमा सची बनेपाली , आशिष् वैद्य, रामकृष्ण लवजु, अनिल फोजु, दिपा अधिकारी, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल रहनुभएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, शुटिङ्ग सङ्घ बागमती प्रदेश अध्यक्ष राजु दर्शनको उपस्थितिमा जिल्ला सङ्घ गठन भएको हो ।