गणेशमान दुवालको ६८औँ जन्मदिनको अवसरमा आयोजित फिडे रेटिङ ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि न्यौपानेलाई 

40

भक्तपुर । भेट्रान चेस खेलाडी गणेशमान दुवालको ६८औँ जन्मदिनको अवसरमा आयोजित फिडे रेटिङ ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि शैलेन्द्र न्यौपानेले उचालेका छन् । भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछें मा आयोजना भएको खेलमा सर्वाधिक अङ्कका साथमा न्यौपानेले उचालेका हुन् । उनले नगद १० हजार सहित प्रमाणपत्र सहित मेडल समेत हात पारेका थिए । यस्तै खेलमा दोस्रो पूर्ण राज खड्का भएका थिए उनले नगद ६हजार सहित प्रमाणपत्र तथा मेडल हात पारेका थिए । यस्तै तेस्रो हुने सुमन लामाले ४ हजार , चौथो हुने राजेश रञ्जीतकारले नगद रु ३ हजार, पाँचौँ सिएम भगवती प्रसाद शर्मा, छौंठौं सजिन महर्जन, सातौँ सुमन सुवाल, आठौँ कृष्ण थापा नवौँ राजेन कक्ष पति र दसौँ निकेन कायस्थले नगद रु २ हजार र मेडल प्राप्त गरेका थिए ।

यस्तै खेलमा वेस्ट भक्तपुर जिल्ला फस्ट गणेश अवाल भएका थिए भने द्दितिय विजय जति भएका थिए । यस्तै वेस्ट भक्तपुर नगर अनीश प्रजापति भएका थिए भने दितिय विक्रम याकामी भएका थिए । यस्तै खेलमा वेस्ट भिट्रान ५५ केजी तर्फ अशोक मान श्रेष्ठ भएका थिए यस्तै वेस्ट युनाइटेड सञ्जीव मोक्तान, वेस्ट इएलव १९०० रमेश बहादुर माली , वेस्ट इएलव १८०० रामहरि कार्की, वेस्ट इएलव १७०० विवेक जोशी, वेस्ट उमन   यस्वासी शर्मा, वेस्ट यु १६ सवित प्रजापति र वेस्ट यु १४ अग्रिम शैजु भएका थिए ।