भारतको नयाँ दिल्लीस्थित तालकटोरा स्टेडियममा यही फेब्रुअरी ९ देखि १२ सम्म आयोजित छैठौं एशियन सभात प्रतियोगितामा नेपालका खेलाडीहरूले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी कुल २२ पदक जितेका छन्।
प्रतियोगितामा नेपालसहित ईरान, उज़्बेकिस्तान, चाइनीज ताइपेई, बांगलादेश, भारत लगायतका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट (लाइट कन्ट्याक्ट) र कम्ब्याट (फुल कन्ट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए।
नेपालका पदक विजेता खेलाडीहरू
लाइट कन्ट्याक्ट (असट) तर्फ
- १२ वर्षमुनि -३३ केजी:
- रजत: आयुशा मगर
- १२ वर्षमुनि -४३ केजी:
- स्वर्ण: हिमांशी दुलाल
- रजत: अनिशा भण्डारी
- सिनीयर -५२ केजी:
- स्वर्ण: आरती सिंहवाल
- सिनीयर -५६ केजी:
- कास्य: सुष्मा घ्याबा
- १२ वर्षमुनि -३२ केजी:
- कास्य: बसन्त तामाङ
- १२ वर्षमुनि -४० केजी:
- कास्य: सुभम खत्री
- कास्य: विश्वास भट्टराई
- स्वर्ण: सुन्दर पाण्डे
- -५६ केजी:
- कास्य: प्रशान्त बुढा मगर
- -६० केजी:
- रजत: विनय थापा
- १७ वर्षमुनि -५२ केजी:
- कास्य: जयराम बीके
- -८५ केजी:
- स्वर्ण: बसील त्वयना
कम्ब्याट (फुल कन्ट्याक्ट) तर्फ
- -६० केजी:
- रजत: प्रभुराम खत्री
- सिनीयर -५६ केजी:
- कास्य: सूरज कार्की
- -६० केजी:
- कास्य: मनील श्रेष्ठ
- -७० केजी:
- कास्य: आस्तिक नकर्मी
- -६५ केजी:
- कास्य: शान्त कुमार राना मगर
- सिनीयर -७५ केजी:
- कास्य: सस्मन बस्नेत (लाइट कन्ट्याक्ट)
- कास्य: सस्मन बस्नेत (कम्ब्याट)
नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकोमा गर्व लागेको बताए। उनले पदक विजेता खेलाडीहरूलाई नेपाल सरकारले उचित सम्मान गर्नुपर्नेमा जोड दिए। साथै, नेपालका विद्यालय र कलेजहरूले पदक विजेता खेलाडीहरूलाई शुल्कमा छुट दिन सकेमा खेलाडी र अभिभावकलाई थप हौसला पुग्ने बताए।
यसै क्रममा, ९ फेब्रुअरीमा सम्पन्न एशियन सभात वार्षिक बैठकमा सातौं एशियन सभात प्रतियोगिता २०२६ मा नेपालमा आयोजना गर्ने निर्णय गरिएको छ, जसलाई नेपालका लागि ठूलो अवसर र गर्वको विषयका रूपमा लिइएको छ।
प्रतियोगितामा नेपालकी सस्मिनी बस्नेतले एम्पायरको भूमिका निर्वाह गरेकी थिइन् भने व्यवस्थापकका रूपमा पीताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ र फनीन्द्र प्रसाद जंगम रहेका थिए।
नेपालले यसअघि २०२३ मा उज़्बेकिस्तानमा आयोजित चौथो एशियन सभात प्रतियोगितामा १ कास्य पदक जितेको थियो भने, २०२४ मा भारतमा आयोजित दक्षिण एशियाली खेलमा १० स्वर्ण, ८ रजत र ९ कास्य गरी कुल २७ पदक जितेको थियो।