भक्तपुरमा बागमती प्रदेश स्तरिय मेयर कप कराते प्रतियोगिता सुरू

29

भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराते प्रतियोगिता आजबाट सुरू भएको छ ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा आज जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता भईरहेको छ ।
प्रतियोगिताको सुरूवात बागमती प्रदेस सभा सदस्य सुरेश श्रेष्ठले बागमती प्रदेस रेफ्री चिफलाई खेल समग्री हस्तान्तर गर्दै खेलको सुरूवात भएको छ ।
प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू गरी २ सय १० रहेको आयोजकले जानकारी दिएका छन । जसमा महिला ९० र १२० पुरूष सहभागी रहेका भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिनुभयो ।


उहाँका अनुसार बागमती प्रदेशका १३ जिल्लाका १५ पालिकाको सहभागिता रहेको छन् । जसमा मध्यपुरथिमी नगरपालिका, चाँगुनारायण नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, काठमाडाै महानगरपालिका, सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, बुढानिल्कण्ठ नगरपालिका, गाेकर्णेश्वर नगरपालिका, गाेदावरी नगरपालिका, बागमती गाउँपालिका, टाेखा नगरपालिका, साँगाचाेक नगरपालिका, पनाैती नगरपालिका, धुलिखेल नगरपालिकाकाे सहभागिता रहेकाे छ।

तौल समूह अनुसार भई रहेको उक्त प्रतियोगितामा ३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा खेलाडीहरू भिड्दै छन ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइरहेको उहाँले जानकारी दिनुभयो ।