बाल क्लवलाई खेलकूद सामग्री हस्तान्तरण

665

भक्तपुर । बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री हस्तान्तरण गरिएको छ ।

उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लवलाई खे लकूद सामग्री तथा दुई बिद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको हो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा र उपसमितिका संयोजक थापाले शान्ति निकेतन मा.वि. र शन्तकृष्ण आ.वि.लाई एक एक थान स्मार्ट टिभी हस्तान्तरण गरेका थिए । यसैगरी चन्द्रबिनायक, हरियाली, राधाकृष्ण, चुनदेवी, गहनादेवी, सेतीदेवी र सूर्योदय बाल क्लवलाई फूटवल, भलिवल, व्याडमिन्टन कर्क, लुडो, क्यारेम वोर्डलगायतका विभिन्न खे ल सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सूर्यबिनायक नगरपालिकाबाट १ लाख ८३ हजार र उपसमितिबाट ६० हजार गरी कूल २ लाख ४३ हजार बराबरको खेल साम्रगी वितरण गरिएको उपसमितिका संयोजक थापाले बताए ।