परान’ चलचित्रप्रति सबै आकर्षित: सिभिल मलमा के एल दुगड ग्रुपको कर्पोरेट शो

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ । सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही उत्साहबीच के एल दुगड ग्रुप परिवारले शुक्रबार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा चलचित्र हेर्ने वातावरण मिलाएको हो । ‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रले बाबुआमाले बुढेसकालमा सन्तानसँगको सामीप्य चाहँदा सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरीलाई यथार्थ रूपले चित्रण गरेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो । सबै उमेरका दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा बोकेको यो चलचित्रले पारिवारिक दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । के एल दुगड ग्रुपका अनुसार, यस किसिमका सामूहिक सांस्कृतिक क्रियाकलापहरूले कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जा सुदृढ गर्न मद्दत गर्छन् । समूहले सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ ।

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा  । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य...

चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा

काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ,...

सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’ सार्वजनिक

काठमाडौं : नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा.लि. को निर्माणमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा...

गायक कपिल कसपालको संस्कारी तीज गीत ‘छमछम पाउजु खनखन चुरा’ सार्वजनिक

काठमाडौं । राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत काठमाडौंमा सार्वजनिक गरिएको छ। तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको...

संकल्पको ‘झुठै भएनी’ मा मनिषा

काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु  गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन...

अदित श्रेष्ठको “भिमफेदीको बगर” सार्वजनिक

काठमाडौं । संगीतकार अदित श्रेष्ठको गीत ‘भिमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र...

गायक भिम चापागाईको ‘मायाको हाँसो’ सार्वजनिक

काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक...

गायक विवेक र गायिका शान्ती श्री परियारको स्वरमा ’वनको तरुल’ सार्वजनिक

काठमाण्डौं । गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको ’वनको तरुल’गीतको सार्वजनिक भएको छ । ’वनको तरुल’ गीतले नेपाली लोक संगीतको मौलिकतालाई कायम...

कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा

काठमाडौः समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने पनि सपनीमा त भेटघाट हुन सक्छ, विपनीमा पुरा नभएका भावहरु सपनीमा बाँड्न सकिन्छ, विपनीमा...