काठमाडौं ।
नेपाल ल क्याम्पसको क्षमता वार्षिक ५ सय जनामात्रै भएतापनि कानुन संकायको डीनको कार्यालयले अबदेखि कानुनमा स्नातक तहमा भर्नाको लागि प्रवेश परीक्षा लिने भएको छ ।
सो क्याम्पस लगायत मुलुकभरका अन्य तीनसमेत गरी चारवटा क्याम्पसमा पढ्नको लागि अब प्रवेश परीक्षा उतिर्ण हुनुपर्छ, डीन कार्यालयले भनेको छ ।
पछिल्लो समयमा क्याम्पसको भौतिक पुर्वाधारमात्रै नभई पढाउने प्राध्यापकहरुको पनि कमी हुन थालेपछि क्याम्पस प्रशासनले भर्नाको लागि प्रवेश परिक्षाको साथै कोटा प्रणाली शुरु गरेको सो क्याम्पस प्रमख डिएन पराजुलीले बताए ।
जसअनुसार नेपाल ल क्याम्पसमा ५ सय र वाहिरका तीनवटा क्याम्पसमा १५० जना विद्यार्थी कोटा तोकिएको छ ।
नेपाल ल क्याम्पसमा गतवर्ष ४ हजार भन्दा बढी विद्यार्थी भर्ना भएतापनि नियमति पढन आउनेको संख्या भने ३ सयदेखि ४ सयसम्म मात्रै रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
कानुन विषय अध्यापनको विषयलाई गुणस्तरीय बनाउन र भएका पुर्वाधारअनुसारको पढाइको व्यवस्था मिलाउन त्यसो गरिएको डिनको कार्यालयले जनाएको छ ।
डिनको कार्यालयको सो निर्णयलाई भने नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाउँदै अनेरास्ववियु ल क्याम्पस इकाईले भने कोटा प्रणाली अन्तयको माग गर्दै डीनको कार्यालय र क्याम्पस प्रमुखको कार्यालयमा तालावन्दी गर्ने घोषणा गरेको छ ।







































