कोन्ज्योसोम गाउँपालिकामा कोदोको परिकार प्रदर्शनी

15

ललितपुर । प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को अवसरमा कोन्ज्योसोम गाउँपालिकाले कोदोको परिकार प्रदर्शनी गरेको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जिवनको आधार” मुल नाराका साथ सरकारले कोदो दिवस विभिन्न कार्यक्रम गरी मनाइ रहेको बेला कोन्ज्योसोम गाउँपालिकाले भने कोदोबाट बन्ने परिकार प्रदर्शन गरेको हो ।
शुुक्रबार गाउँपालिकाले वडा नं. ३ दलचोकीस्थित सामुदायिक बिऊ बंैक तथा जैविक विविधता सूचना केन्द्रमा विशेष कार्यक्रम सहित कोदोको परिकार प्रदर्शनी गरेको हो ।

कार्यक्रममा कोदोको पानीरोटी, दुुनोट, विस्कुुट, केक, कोदोको वन, कोदोको तोम्बा, फुुलौरा, छ्याङ, सेल, माल्पा, सुख्खा रोटी लगायतका परिकार प्रदर्शन गरिएको हो ।
दक्षिण ललितपुरको पहाडी क्षेत्रमा पर्ने कोन्ज्योसोम गाउँपालिकामा उत्पादन हुने अन्न बाली मध्ये कोदो पनि एक महत्वपूर्ण बाली हो । उर्बर माटो र कोदोलाई सुहाउने हावापानी भएकाले गाउँपािलकाको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुँदै आएको छ । स्थानीय किसानहरुले उत्पादन गरिएको कोदोबाट कोदो दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कोदोको परिकार प्रर्दशनिमा राखिएको गाउँपालिका जनाएको छ ।