यौनका बारेमा बच्चामा यति धेरै जिज्ञासा किन ?

292

स्कूलको एक बच्चाले सामाजिक सञ्जालमा अनलाइन पोस्टको माध्यमबाट आफ्नो शिक्षकको छोरीलाई भगाएर बलात्कार गर्ने धम्की दिए ।

यो दिल्लीको गुडगाउका एक निजी विद्यालयको मामला हो । शिक्षककी छोरीपनि सोही स्कूलमा अध्ययन गर्थिन् ।

एक अर्को घटनामा त्यही स्कूलमा पढ्ने एक अर्का छात्रले आफ्नो स्कूलको कम्प्यूटर ल्यामा बसेर स्कूलका दुई शिक्षिकालाई केन्डललाईट डिनर र यौन सम्बन्ध राख्ने प्रस्ताव गरेका छन् ।
रिपोर्टहरुका अनुसार दुवै बचचाको उमेर १२ देखि १५ वर्षबीचमा थियो ।

यिनै प्रश्नहरुको जवाफ खोज्नका लागि बीबीसीले सेक्सोलजिस्ट डाक्टर प्रवीण त्रिपाठीसँग कुराकानी गरेको छ ।

डा प्रविणका अनुसार भारतमा मात्र होइन पूरै विश्वमा बच्चाको सेक्सुअल मेचोरिटीको उमेर कम भएको छ । सेक्सुअल मेचोरिटीलाई प्यूबर्टी पनि भनिन्छ । यसको मलतव हुन्छ यौवनावस्थाका बीच शरीरमा हुनेवाला बदलाव ।
यसको कारण बताउँदै डा त्रिपाठी भन्छन्,‘विगतका दिनमा बच्चाको खानपानको स्थितिमा बदलाब आएको छ । बच्चाको खान पानमा सुधार भएको छ । जसका कारण युवतीमा पीरियड्स, स्तनको बृद्धि तथा शरीको विकास तिव्र गतिमा भइरहेको छ । यही कुरा केटामा पनि भइरहेको छ । ’

२०१२ मा अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्स डिपार्टमेन्टको शोधका अनुसार युवामा यौवनावस्थाको उमेर पछिल्लो रिसर्चको तुलनामा ६ महिनादेखि दुई वर्ष पहिलो आएको छ । यो अनुसन्धान अमेरिकाकामा ४ हजार भन्दा धेरै किशोरहरुमा गरिएको थियो ।

यसका सार्थ बच्चा के पढ्छन् । टिभीमा के हेर्छन् र त्यसका बारेमा के सोच्छन् भन्ने आमा बुबालाई जानकारी हुँदैन ।

दोस्रो कुरा जब बच्चा स्कुलमा जान्छन् तव ठूलो कक्षाको बच्चासँग समपर्क आउँछन् । उनीहरुको कुराकानी के विषमा हुन्छ ।

उनीहरु इन्टरनेटमा के हेर्छन् भन्ने विषयमा पनि माता पिता जानकार हुन जरुरी छ ।

किशोरावस्थामा सेक्सुअल फिलिङ्स आउनु स्वभाविक हो ।

यसलाई रोकन सकिँदैन न त रोक्न हुन्छ । तर यसलाई सही तरिकाबाट सम्बोधन गर्न जरुरी छ ।

सेक्सोलोजिस्ट डा प्रकाश कोठारी भन्छन् बच्चको भन्न आवश्यक छ कि सेक्सुअल फिलिङलाई शेयर गर्ने सही तरिका के हो ।

यदी बच्चा तपाई नजिक आएर बलात्कार के हो भनेर सोधे भने ? सामान्यतया आमा बाबु बच्चाको प्रश्नलाई अस्विकार गर्छन् । जवाफ दिँदैनन् । बास्तवमा गल्ती यही हो ।

डा कोठारीका अनुसार यस्तो सवाल जब बच्चाले गर्छन् तव उसालाई सँगै राखेर बताउन जरुरी छ कि रेप त्यो स्थितिमा हुन्छ जसमा केटीको इच्छा विपरित उनीसँग यौन सम्बन्ध स्थापित गर्नु । यो राम्रो कुरा होइन । यसो गर्नेलाई जेलसजाय हुन्छ । र जीन्दगी खराब हुन्छ ।