काठमाडौं ।
विश्व कवड्डी संघ मातहतको स्कुल तथा विश्वविद्यालय कवड्डी कमिटिका संयोजक शिवभक्त सैंजु भारतमा सम्मानित भएका छन् ।
न्यू कवड्डी फेडरेशन अफ इण्डियाको आयोजनामा भारतको बैंगलोरमा आयोजित (२४ र २५ मार्च) दुईदिने विश्व कवड्डी लिडर मिटिंगमा सैंजुलाई सम्मान गरिएको सोमबार विहान स्वदेश फर्केका सैंजुले बताएका छन् ।
‘वान भिजन, वान स्पिरिट, वान कवड्डी’ नारासहित सन् २०१८ देखि २०२८ सम्मको कवड्डी खेलको अन्तराष्ट्रिय रणनीतिक वैठकमा न्यू कवड्डी फेडरेशन अफ इण्डियाका अध्यक्ष के.बि राव तथा वल्र्ड कवड्डी फेडरेशनका अध्यक्ष प्रसाद बाबु (कवड्डी बाबु) ले बंगलोरको परम्परागत पोशाक तथा दोसल्ला ओढाई सम्मान गरेका हुन ।
नेपाल, भारत, बंगलादेश, चीन, केन्या, अष्ट्रेलिया, थाइल्याण्ड, मलेसिया, कोस्टारिका, क्यानाडा, बेलारुस, मेक्सिको लगायतका ४२ देशका कवड्डी संघका पदाधिकारीको सहभागिता रहेको सो कार्यक्रमको भारतका पुर्व प्रधानमन्त्री एचडि देवेगौंडाले उद्घाटन गरेका थिए ।