१) सबैकुरालाई व्यक्तिगत रुपमा लिने र बढि प्रतिक्रिया जनाउने
हरेक बालबालिका आफ्ना बाबुआमासँग औधी रिसाउँछन् । आमाबुबा पनि बच्चालाई हकार्ने र व्यक्तिगतरुपमा भएर बच्चालाई गाली गर्ने गर्छन् । अभिभावकले आफ्नो बच्चाको हरेक बानीमा प्रतिक्रिया जनाउन थालेमा त्यो गलत हुन्छ । त्यसरी उनीहरुले आफ्नो बच्चामा केही भिन्नता पाउन सक्दैनन् । बच्चाको कतिपय साना क्रियाकलापलाई नजरअन्दाज गर्दा पनि राम्रो हुन्छ । हरेक साना कुरालाई लिएर त्यसमा प्रतिक्रिया जनाउन थालेमा बच्चा झनै बिग्रने सम्भावना हुन्छ । त्यसैले साना कुरालाई ध्यान नदिनु राम्रो हुन्छ । आफूले बच्चाको कुन बानीमा ध्यान दिने र कुन बानीलाई नजरअन्दाज गर्न सकिन्छ भन्ने चयन गर्नुपर्छ । त्यसो गर्दा प्रतिक्रिया जनाउने कि नजनाउने भन्ने कुरामा नियन्त्रण रहिराख्छ ।
२) अन्य व्यक्तिसँग नराम्रो बोली बोल्ने
अभिभावकहरुले कहिले काहीँ रिसको झोँकमा अन्य व्यक्तिलाई नराम्रो बोल्ने, झर्कने गर्छन् । परिवारका सदस्यबीच पनि कहिलेकाहीँ भनाभन पनि हुन्छ । यदि अभिभावकले त्यस्तो बोली बोलिरहेको बेलामा कुनै दिन बच्चाले पनि त्यसलाई दोहो¥याउँछ भने दंग नपर्नुहोस् । बच्चाले हरेक क्षण आफ्नो अभिभावकलाई हेरिरहेको हुन्छ । त्यसरी नै उसले को—सँग कसरी बोल्ने, के बोल्ने, कस्तो बेलामा बोल्ने भन्ने कुरा हेरिरहेको हुन्छ र अभिभावकले बोलेको पारालाई नै दोहो¥याउँछ । त्यसैले अभिभावकले बच्चाको अगाडि राम्रोसँग बोल्नुपर्छ । आफुले जतिसक्दो राम्रो गरेमा बच्चाहरुले पनि राम्रो नै सिक्छन् ।
३) जहिले पनि आफ्नो बच्चाको पक्ष लिने
नराम्रो कुरामा पनि बच्चाको पक्षमा रहेर अभिभावक बोलेमा उनीहरुलाई अझ हौसला प्राप्त हुन्छ । उदाहरणका लागि बच्चाले कुनै शिक्षकको नाम तोकेर धेरै गृहकार्य दिन्छन् भनेर उजुरी गरेमा उल्टै त्यो शिक्षकलाई के—के भनेर गाली गर्नु हुँदैन । यस्तो कुरामा बच्चाको पक्ष लिएर बोलेमा उनीहरुले उक्त शिक्षकलाई मूर्ख सोच्छन् र उसले नराम्रो काम गरिरहेको छ भन्ने सोच्छन् । त्यसो गरेमा अभिभावकले शिक्षकले होमवर्क दिएर गलत काम गरेको र बच्चाले ती होमवर्क गर्नुनपर्ने कुरामा सहमती जनाएको मानिन्छ । बच्चाले अनादर गरेको कुरामा अभिभावकले उसको पक्ष लिनु हुँदैन । यसो गर्दा बच्चाले यदी कोही गलत छ भने उसँग अशिष्ट व्यवहार गर्नुहुन्छ भन्ने बुझ्छन् ।
४) उनीहरुको राम्रो बानीलाई ध्यान नदिने
बच्चाको हरेक गल्तीलाई मात्र नियाल्ने अभिभावकहरु धेरै छन् । जस्तै, बच्चाले कसैसँग अलि चर्को स्वरमा बोलेमा बच्चालाई झकर्ने गर्छन् तर त्यहि ठाउँमा उसले शिष्ट बोलेमा उसको प्रशंसा गर्दैनन् । बच्चाको नराम्रो बानीलाई पटक—पटक दोहो¥याएर गाली गरिरहने तर उसको राम्रो बानीलाई प्रोत्साहन नगर्ने अभिभावकहरु भेटिन्छन् । उसलाई सम्झाउने र राम्रो कुरामा बढावा दिने गर्नाले उसले आफ्नो गल्ती महशुस गर्छ र अबदेखि नदोहो¥याउन कोशिस गर्छ ।
५) आदर गर्न माग
यदि अभिभावकले “म तिम्रो आमाबुबा हो र तिमीले हामीलाई सम्मान गर्नैपर्छ ।” भन्नुभयो भने के यो पारिवारिक सुनिन्छ ? धेरै अभिभावकले आफ्नो बच्चाले आफूप्रति आदर गर्ने कसरी बनाउने भन्नेबारे प्रश्न मनमा राखेका हुन्छन् । धेरै बच्चाले स्वत आफ्ना अभिभावकलाई आदर गर्दैनन् । धेरै किशोरकिशोरीले आफू आफ्नो अभिभावकभन्दा स्मार्ट र वुद्धिमानी छु भन्ने सोचछन् । आदर भनेको भावना हो त्यसैले कसैले पनि कसैको भावनालाई परिवर्तन गर्न अथवा आफू खुसी निर्माण गर्न सकदैन । अभिभावकले बच्चासँग आदर माग गर्न सक्दैनन् । बच्चालाई नियम मान्नैपर्छ भन्ने छैन तर रिसमा आफ्नो आमाबुबासँग अशिष्ट व्यवहार भने गर्नु हुँदैन भनेर सिकाउनुपर्छ । अभिभावकले आफ्नो बच्चाले आफुलाई आदर गर्ने बाटो दिनुपर्छ ।