चितवनमा मरणोपरान्त अंगदान अभियान सुरु

224

चितवन : विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिको मानव अंग प्रत्यारोपण गरी अर्को व्यक्तिलाई नयाँ जीवन दिने उदेश्यका साथ सनिवारबाट मरणोपरान्त अंगदान कार्यक्रमको सुभारम्भ भएको छ। नेपाल औषधि उत्पादक संघले सुरु गरेको यो सामाजिक अभियान चितवनमा जारी नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ मार्फत उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सुभारम्भ भएको घोषणा गरेका हुन्।  

अभियानको सुभारम्भ गर्दै यादवले सहयोग गर्न सवैसँग आग्रह पनि गरे। यो अभियानले धेरैजनाको ज्यान बचाउने भएकाले सवैले मिलेर सफल बनाउनुपर्ने मन्त्री यादवको भनाई छ। उनले यो नेपालकै लागी नयाँ अभियान भएकाले देशव्यापी रुपमा सवै स्थानमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। 

औषधि उत्पादक संघका केन्द्रिय अध्यक्ष दिपक दाहालले मृत व्यक्तिको अंग प्रत्यारोपण गरी दोस्रो व्यक्तिलाई नयाँ जीवन दान दिन यो अभियान सुरु गरिएको बताए। एक जना मरेको व्यक्तिले अन्य धेरै जना बचाउन सक्ने भन्दै दाहालले मरणोपरान्त आफ्नाे अंगदान गर्ने घोषणा पनि गरे। आफू मर्दासँगै सडेर, गलेर, जलेर जाँने अंगदान गरी दोस्रो व्यक्तिलाई नयाँ जीवन दिने पुण्य काममा लाग्न सवैलाई अध्यक्ष दाहालको आग्रह छ। 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक जना मरेको व्यक्तको अंगले ८ जनाले नयाँ जीवन जीउन सक्ने बताए। विशेष गरी एक जना मृत व्यक्तिको मृगौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, आँखाको नानी लगायतका विभिन्न अंग प्रत्यारोपण गरी अन्य ८ जना व्यक्तिलाई नयाँ जीवन दान गर्नसकिने डा श्रेष्ठको भनाई छ। तर मरणोपरन्त अंगदान गर्ने भन्ने विषयमा आम मानीसमा जनचेतना फैलाउनुपर्नेमा डा श्रेष्ठको जोड छ। नीतिगत रुपमा पनि अंग कस्लाई दिने, कसरी दिने भन्ने स्पष्ट मापदण्ड रहेकाले मरणोपरान्त हुने अंगदान प्रत्यारोपण गर्न समस्या नरहेको र प्रत्यारोपण नेपालमा सतप्रतिसत सफल भएको डा श्रेष्ठको भनाई छ। 

अंगदान गर्न चाहाने व्यक्तिले चिकित्सकसँग सल्लाहा गरी आप्mनो नाम, ठेगाना सहितका विवरण रहेको एउटा फर्म भर्नु पर्ने उनले बताए। फर्मका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा सम्पर्क गर्न सकिने तथा केन्द्रको वेब साईटबाट थप जानकारी लिनसकिने व्यवस्था गरीएको डा श्रेष्ठको भनाई छ। 

प्रत्यारोपण केन्द्रबाट नेपालमा ६ वर्षको अवधिमा ५८० जनामा सफलतापुर्वक अंग प्रत्यारोपण गरीएको उनले जानकारी दिए। यो अभियान सफल भए अंग प्रत्यारोपणका लागी वर्षेनी विदेश जाँने अर्बो रुपैयाँ पनि नेपालमै रहने उनको भनाई छ। अभियानकै क्रममा नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष दिपक दाहाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, उद्योग वाणीज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायत दर्जनै व्यक्तिहरूले मरणोपरान्त आप्mनो अंग दान गर्ने घोषणा गरेका थिए।

जारी एक्सपोमार्फत १ हजार भन्दा बढीले मरणोपरान्त अंगदानको घोषणा गर्ने संघको विश्वास छ। यसैबीच चितवन नारायणगढका स्थानिय हरिसचन्द्र पियाले यो अभियान राम्रो भए पनि यस्लाइ व्यवस्थित र प्रभावकारी बनाउन चुनौती रहेको बताए। मानव शरीरमा रहेका अंगलाई कसरी सुरक्षित राख्ने भन्ने जनचेतनामूलक कार्यक्रमलाई पनि अभियानकै रुपमा लैजानुपर्ने उनिले बताए। 

Source link