काठमाण्डौ – दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ए कार्यक्रम सहजीकरण गर्न निर्देशन दिएको छ ।
किन चाहिन्छ भिटामिन ए ?
भिटामिन ए भएका तत्वहरुको सेवन समग्र स्वास्थ्य र दीर्घरोगविरुद्धको संरक्षणका लागि उत्कृष्ट मानिन्छ।
दैनिक आहारमा भिटामिन एको उपयोगले रोगप्रतिरोधी क्षमतामा वृद्धिका हुनुका साथै दृष्टि, छाला र श्वासप्रश्वास स्वास्थ्यमा उपयोगी हुन्छ । भिटामिन एको कमी गर्भवती महिला लागि खतरापूर्ण मानिन्छ । त्यसैले भिटामिन ए स्वास्थ्यका महत्वपूर्ण हो।
भिटामिन एका महत्वपूर्ण स्रोतमा गाँजर, ब्रोकाउली, तोरीको साग, गोलभेंडा, आँपलगायत हुन् । यीमध्ये एउटा मध्यमखाले गाँजरले एकदिनमा उपभोग गर्नुपर्ने भिटामिन एको ४० प्रतिशत पूर्ति गर्छ । यसमा बिटा क्यारोटिनको रुपमा भिटामिन ए पाइन्छ । त्यस्तै, खुर्पानीबाट ६० प्रतिशत भिटामिन ए पाउन सकिन्छ । एक कप पालुंगोमा दिनमा चाहिने भिटामिन एको १५ प्रतिशत पूर्ति हुन्छ ।
यस्तै, मध्यमखालको आँपमा २० प्रतिशत र आरुमा १० प्रतिशत पाइन्छ । सखरखण्डमा त चाहिनेभन्दा २ सय प्रतिशत भिटामिन एक पाउन सकिन्छ । एक कप ब्रोकाउलीमा १० प्रतिशत, बटरमा १० प्रतिशत, अण्डामा ८ प्रतिशत, शुद्ध दुधमा २ प्रतिशत भिटामिन ए पाइन्छ।
विकासोन्मुख देशमा भिटामिन ए अभावबाट हुने स्वास्थ्य समस्या सामान्य भएपनि अमेरिकामा यो एकदम दुर्लभ मानिन्छ । यसको प्रारम्भिक लक्षण भनेको रतन्धो हो । यदि समयमै ध्यान पु¥याइएन भने यसबाट स्थायी अन्धोपन पनि निम्तने खतरा हुन्छ।
यसका अतिरिक्त भिटामिन एको अभावबाट दादुरा र निमोनियाजस्ता गम्भीर रोग पनि लाग्न सक्छन्, जुन जीवनकै लागि हानिकारक हुन्छ । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा पनि भिटामिन एको अभाव हुन्छ । यसका लागि मदिरासेवन पूर्णत बन्द गरी खानामा भिटामिन एले भरिपूर्ण खाद्यपदार्थ दैनिक भोजनमा समावेश गर्नुपर्छ।